नीति आयोगका उपाध्यक्ष बन्ने अशोक लाहिड़ी, गोबर्धन दास सदस्य
नीति आयोगका उपाध्यक्ष बन्ने अशोक लाहिड़ी, गोबर्धन दास सदस्य


कोलकाता, २५ अप्रेल (हि.स.)। पश्चिम बंगालमा जारी विधानसभा चुनाउबीच पूर्व आर्थिक सल्लाहकार अशोक लाहिड़ीलाई नीति आयोगको नयाँ उपाध्यक्ष बनाउने तयारी भइरहेको छ। उनले वर्तमान उपाध्यक्ष सुमन बेरीको स्थान लिनेछन्। यसैगरी भारतीय विज्ञान शिक्षा तथा अनुसन्धान संस्थान, भोपालका निर्देशक गोबर्धन दासलाई केन्द्र सरकारको प्रमुख नीति निर्माण मञ्चको सदस्यका रूपमा नियुक्त गरिनेछ।

अशोक लाहिड़ी पश्चिम बंगालको बालुरघाटबाट भारतीय जनता पार्टी (भाजपा) का विधायक हुन्, तर उनले २०२६ को विधानसभा चुनाउ लडिरहेका छैनन्। गोबर्धन दास यसअघि जवाहरलाल नेहरू विश्वविद्यालयमा प्राध्यापक रहिसकेका छन्। उनले २०२१ को पश्चिम बंगाल विधानसभा चुनाउमा पूर्वस्थली उत्तर सीटबाट भाजपा उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका थिए।

यी दुवै नियुक्तिहरूको समय राजनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ किनकि पश्चिम बंगालमा विधानसभा चुनाउ जारी छ र दोस्रो चरणको मतदान बुधवार हुने तय भएको छ।

गोबर्धन दास दलित समुदायबाट हुन्। सन् २०२१ को चुनाउपछि पश्चिम बंगालमा भएको हिंसाका क्रममा उनीमाथि तृणमूल कांग्रेस समर्थकहरूले आक्रमण गरेको आरोप लागेको थियो। त्यसैले उनको नियुक्तिलाई सामाजिक र राजनीतिक दृष्टिले पनि महत्त्वपूर्ण मानिएको छ।

सूत्रहरू अनुसार, यी नियुक्तिहरू नीति आयोगमा लामो समयदेखि अपेक्षित पुनर्गठनको हिस्सा हुन्। सुमन बेरीले पछिल्ला चार वर्षदेखि आयोगको नेतृत्व गर्दै आएका थिए। यस अवधिमा केन्द्र सरकारले आयोगका सदस्य वा मुख्य कार्यकारी अधिकृतसँग प्रत्यक्ष रूपमा काम गरेको चर्चा पनि हुने गरेको थियो।

अशोक लाहिड़ी एक अनुभवी अर्थशास्त्रीका रूपमा चिनिन्छन्। उनले दिल्ली स्कूल अफ इकोनोमिक्समा अध्यापन गरेका छन् र विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) जस्ता संस्थाहरूमा पनि कार्य गरेका छन्। पछि उनी वित्त मन्त्रालयसँग आबद्ध भए र राष्ट्रिय लोक वित्त तथा नीति संस्थानको नेतृत्व गरे। उनी मुख्य आर्थिक सल्लाहकार हुनुका साथै १५औँ वित्त आयोगका सदस्य पनि रहिसकेका छन्।

लाहिड़ीलाई चुनावी तथ्यांक विश्लेषणका क्षेत्रमा पनि अग्रणी मानिन्छ। उनले ‘इंडिया डिसाइड्स’ नामक पुस्तक सह-लेखन गरेका छन्, जसमा सन् १९५२ देखि १९८९ सम्मका चुनावी प्रवृत्तिहरूको अध्ययन गरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande