
कच्छ, 25 अप्रेल (हि.स.)। भुजको विशेष एनडीपीएस अदालतले 2021 मा कच्छको जखौ समुद्री तटमा भएको एक उच्च-प्रोफाइल अन्तरराष्ट्रिय लागूऔषध तस्करी मुद्दामा कठोर फैसला सुनाएको छ। भारतीय समुद्री सीमा हुँदै देशमा लगभग 380 करोड़ रुपियाँको हेरोइन तस्करी गर्ने षड्यन्त्र रच्ने छह जना पाकिस्तानी नागरिकहरूलाई 20 वर्षको कठोर कारावास र प्रति व्यक्ति 2 लाख रुपियाँ जरिमानाको सजाय सुनाइएको छ।
पूरा मुद्दा के थियो?
यो मुद्दा दिसम्बर 2021 मा प्रकाशमा आयो जब गुजरात आतंकवाद विरोधी टोली (एटीएस) ले भरपर्दो सूत्रहरूबाट जानकारी प्राप्त गऱ्यो कि अल हुसैनी नामको डुङ्गा पाकिस्तानको कराँची बन्दरगाहबाट ठूलो मात्रामा हेरोइन बोकेर भारतीय जलक्षेत्रतर्फ जाँदैछ। जानकारी पाएपछि एटीएसले भारतीय तटरक्षकसँग संयुक्त अपरेशन शुरू गऱ्यो। 20 दिसम्ब 2021 बिहान जखौ नजिकैको समुद्रमा एउटा शंकास्पद डुङ्गालाई घेरेर समातियो। खोजीको क्रममा त्यसमा सवार छह जना पाकिस्तानी नागरिक भएको पाइयो र तिनीहरूबाट लगभग ₹380 करोड़ मूल्यको हेरोइन जफत गरियो।
अनुसन्धान र प्रमाण
21 दिसम्बर 2021 मा एनडीपीएस एक्ट अन्तर्गत मुद्दा दर्ता गरिएको थियो। अनुसन्धानको क्रममा डुङ्गाको मार्ग, जीपीएस डेटा, अन्तरराष्ट्रिय सम्पर्कहरू, मोबाइल रेकर्डहरू, फोरेन्सिक रिपोर्टहरू र अन्य तकनीकी प्रमाणहरूको गहन जाँच गरियो।
एटीएसले बलियो आरोपपत्र दायर गर्यो र कूल 203 दस्तावेजी प्रमाणहरू र 13 जना साक्षीहरूलाई अदालतमा पेश गर्यो्। यसमा एटीएस अधिकारीहरू, तटरक्षक दलका कर्मीहरू र फोरेन्सिक विज्ञहरू सामेल थिए।
भुजको विशेष एनडीपीएस अदालतले सबै प्रमाण र साक्षीहरूको आधारमा सबै अभियुक्तहरूलाई दोषी ठहर गर्योद। अदालतले लागूऔषध तस्करी कानूनको उल्लङ्घन मात्र नभई देशको युवा र आन्तरिक सुरक्षाको लागि गम्भीर खतरा भएको बताएको छ। अदालतले उनीहरू सबैलाई एनडीपीएस एक्टका 8(सी), 22(सी), 25 र 29 अन्तर्गत दोशी ठहर गर्दै 20 सालको कठोर कैद र जरिमानाको सजाय सुनायो।
चार वर्षपछि आएको यो फैसलाले भारतको समुद्री सिमाना हुँदै लागूऔषध तस्करी गर्नेहरू विरुद्ध कानून र सुरक्षा एजेन्सीहरूले कड़ा कारबाही गरिरहेको स्पष्ट पार्छ।
हिन्दुस्थान समाचार / भवानी थामी