संजय सिंहले केजरीवालको आवासको तस्बिरहरूलाई बताए फर्जी, मानहानिको केस गर्ने चेताउनी
आआप


नयाँ दिल्ली, 25 अप्रेल (हि.स.)। आम आदमी पार्टी (आआप) का राज्यसभा सांसद संजय सिंहले शनिवार भारतीय जनता पार्टी (भाजपा) द्वारा जारी गरिएको अरविन्द केजरीवालको कथित तस्बिरलाई फर्जी र आधारहीन बताएका छन्। उनले केजरीवालको निवाससँग सम्बन्धित भनिएका तस्बिरहरू फर्जी भएको बताए।

संजय सिंहले पार्टी कार्यालयमा आयोजित पत्रकार वार्तामा भाजपाद्वारा जारी गरिएका सबै तस्बिरहरू झूटा भएको र केजरीवालको छवि बिगार्ने उद्देश्यले राखिएको बताए। उनले चेताउनी दिए कि आआपले सरकार वा त्यस्ता तस्बिरहरू प्रसारण गर्ने कुनैपनि टिभी च्यानल विरुद्ध मानहानि मुद्दा दायर गर्नेछ।

सिंहले उपराज्यपाल, मुख्यमन्त्री र मन्त्रीहरूको निवास साथै केजरीवालको घर जनताका लागि खुला गर्न माग गरे ताकि मानिसहरूले आफैले सत्य देख्न सकून् र कसको निवास बढ़ी विलासी छ भनेर फसेला गर्न सकून्।

सिंहले आरोप लगाए, झूटा समाचार फैलाउने भाजपाको पुरानो रणनीति प्रयोग भइरहेको छ। उनले गुजरातमा आआप नेताहरू र उम्मेदवारहरूलाई झूटा मुद्दा दायर गरेको र पार्टीको सामाजिक सञ्जाल पृष्ठहरू निलम्बन गरेको पनि आरोप लगाए। दिल्ली विधानसभामा विपक्षी दलकी नेता आतिशीले भनिन्, जारी गरिएका तस्बिरहरू केजरीवालको घरका होइनन् र पूर्ण रूपमा फर्जी हुन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande