गुजरातमा आम आदमी पार्टीलाई झटका, प्रदेश महासचिव सागर रबारीले दिए राजीनामा
आम


अहमदाबाद, 27 अप्रेल (हि.स.)। गुजरातमा स्थानीय निकाय चुनाउको मतगणना पूरा हुनुभन्दा अगाड़ी आम आदमी पार्टी (आआप) लाई अर्को ठूलो झटका लागेको छ। वरिष्ठ पार्टी नेता तथा प्रदेश महासचिव सागर रबारीले आफ्ना सबै पदबाट राजीनामा दिएका छन्। राजू करपाड़ाले हालै पार्टी छोड़ेपछि अब सागर रबारीले राजीनामा दिनु संगठनको लागि ठूलो क्षति मानिएको छ।

सागर रबारीले आफ्नो सामाजिक सञ्जाल खाता मार्फत राजीनामाको घोषणा गरे। उनले लेखेका छन्, म आज आम आदमी पार्टीसँगको मेरो यात्रा समाप्त गर्छु। म आफूलाई पार्टी सदस्यता, पद र जिम्मेवारीबाट मुक्त गर्छु। म मेरा सबै सहकर्मीहरूलाई उनीहरूको समर्थनको लागि हार्दिक आभार व्यक्त गर्दछु।

किसान नेताको रूपमा आफूलाई स्थापित गरेका सागर रबारीलाई पार्टीको बलियो स्तम्भ मानिन्थ्यो। उनले विशेषगरी ग्रामीण क्षेत्र र किसानहरूका मुद्दाहरू उठाउनमा प्रमुख भूमिका खेलेका थिए। राजू करपाड़ाको राजीनामापछि उनको राजीनामाले पार्टीको आगामी चुनावी रणनीतिलाई असर गर्नसक्छ।

यद्यपि, सागर रबारी कुन पार्टीमा सामेल हुनेछन् वा उनको अर्को कदम के हुनेछ भन्ने बारेमा अहिलेसम्म कुनै आधिकारिक जानकारी छैन। तर उनको राजीनामा पछि गुजरातको राजनीतिमा छलफल तीव्र भएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande