ईभीएममा गड़बड़ी भएको कारणले मतदान नगरी फर्किए चिरञ्जीत
ईभीएममा गड़बड़ी भएको कारणले मतदान नगरी फर्किए चिरञ्जीत


कोलकाता, 29 अप्रेल (हि.स.)। पश्चिम बङ्गाल विधानसभा चुनाउ 2026- को मतदान अवधि कतिपय स्थानहरूमा ईभीएम खराब भएको समाचार प्राप्त भएको छ। यसले गर्दा केही मतदान केन्द्रहरूमा मतदान प्रक्रिया प्रभावित भयो भने मतदाताहरूलाई पनि समस्या भयो। यसबीच बारासातका पूर्व विधायक औ बङ्गला फिल्मका सुप्रसिद्ध अभिनेता चिरञ्जीत चक्रवर्ती ईभीएम खराब भएको कारणले मतदान नगरी फर्किए।

भनिन्छ, बुधवार बिहान चिरञ्जीत मतदान गर्नका लागि कोलकाताको चारुचन्द्र कलेजस्थित मतदान केन्द्रमा गएका थिए। तर ईभीएम मशिन खराब भएको कारणले मतदान प्रक्रिया शुरू हुन सकेन। मशिन ठीक हुन समय लागेको कारणले उनी मतदान नगरी फर्किए।उनले फेरि पछि आएर मतदान गर्ने कुरा गरेर त्यहाँबाट गए।

राज्यको कोलकाता, उत्तर 24 परगना, दक्षिण 24 परगना, हावड़ा औ नदिया सहित कतिपय जिल्लाहरूबाट बिहानदेखिकै ईभीएम खराब भएको सिकायत प्राप्त भइरहेको छ। कतिपय स्थानहरूमा मशिनमा गड़बड़ी भएको कारमले मतदान शुरू हुन विलम्ब भयो भने कतिपय केन्द्रहरूमा मतदान भइरहँदा पनि तकनिकी समस्या उत्पन्न भयो

ईभीएम खराबीको कारणले केही मतदान केन्द्रहरूमा मतदाताहरूलाई लामो समयसम्म प्रतिक्षा गर्नुपऱ्यो। केही स्थानहरूमा मतदाताहरू र मतदानकर्मीहरूबीच भनाबैरी पनि भएको समाचार छ। मामिलाको जानकारी चुनाउ आयोगको संज्ञानमा ल्याइएको छ।

उल्लेखनीय छ, चिरञ्जीत चक्रवर्ती बारासात विधानसभा क्षेत्रबाट लगातार तीन पटकसम्म विधायक भइसकेका छन्। उनले वर्ष 2011, 2016 र 2021- को विधानसभा चुनाउमा जीत दर्ता गरेका थिए। तथापि वर्ष 2026-को विधानसभा चुनाउमा उनले चुनाउमा उम्मेद्वारिता नगर्ने फसेला गरेका छन्। उनलाई राजनीतिमा आउनका लागि पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले प्रेरित गरेकी थिइन्।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande