सिक्किम विज्ञान एवं प्रौद्योगिकी संस्थानमा दुई दिवसीय वार्षिक उत्सव सम्पन्न
सिक्किम विज्ञान एवं प्रौद्योगिकी संस्थानमा दुई दिवसीय वार्षिक उत्सव सम्पन्न


नाम्ची, 29 अप्रेल (हि.स.)। सिक्किम विज्ञान एवं प्रौद्योगिकी संस्थानमा दुई दिवसीय वार्षिक उत्सव आयोजन गरियो। कार्यक्रमको पहिलो दिन सिम्फेडका अध्यक्ष तेन्जिङ डी. भोटिया मुख्य अतिथि थिए तथा शिक्षा विभागको प्राविधिक शिक्षाका विशेष सचिव विभुति प्रधान र एसबीटीईकी रेजिस्ट्रार रीता ढकाल विशिष्ट अतिथि थिए।

कार्यक्रमको मुख्य आकर्षण ब्याण्ड प्रतियोगिता थियो, जसमा सोरेङ बीएड कलेजको टीएनटीलाई विजेता घोषित गरियो। यस अतिरिक्त, विद्यार्थीहरूले रङ्गारङ सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

मुख्य अतिथि भोटियाले आफ्नो सम्बोधनमा नशा मुक्त भारत अभियानमाथि जोड दिए। उनले विद्यार्थीहरूलाई लागुऔषध दुरुपयोगबारे सचेत गर्दै यसले व्यक्तिगत जीवनलगायत परिवार र समाजमा पार्ने प्रभावहरूको बारेमा अवगत गराए। उनले युवाहरूलाई सतर्क बस्न, जिम्मेवारीपूर्वक निर्णय लिन तथा आफ्नो उर्जालाई शिक्षा, खेलकुद र नवाचार जस्ता रचनात्मक कार्यहरूमा केन्द्रित गर्न आह्वान गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande