उदालगुरी जिल्ला भाजपा महिला मोर्चाले टङ्गलामा महिला आरक्षणको मुद्दामा प्रदर्शन गऱ्यो
उदालगुरी जिल्ला भाजपा महिला मोर्चाले टङ्गलामा महिला आरक्षणको मुद्दामा प्रदर्शन गऱ्यो


उदालगुड़ी (असम), 29 अप्रेल (हि.स.)। टङ्गलामा आज उदालगुड़ी जिल्ला भाजपा महिला मोर्चाले महिला आरक्षणको मुद्दामा विराट विरोध प्रदर्शन गऱ्यो। ज्ञात रहोस्, राजनीतिक रूपमा महिलाहरूलाई 33 प्रतिशत आरक्षण दिने माग गर्दै भाजपा जिल्ला महिला मोर्चाले विरोध प्रदर्शन गऱ्यो।

उदालगुड़ी जिल्ला टङ्गला नगरको सुजित नार्जारी प्रेक्षागृहबाट मङ्गलदै भुटिया चाङ्ग मार्ग हुँदै बरदलै भवनसम्म ऱ्याली आयोजना गरियो। ऱ्यालीमा असम प्रदेश भाजपा महिला मोर्चाकी अध्यक्ष निलीमा देवीले पनि भाग लिइन्। भाजपा नेताहरूले भने, विपक्षी दलहरूले एकजुट भएर संसदमा महिलाहरूको लागि राजनीतिक अधिकार दिने 33 प्रतिशत आरक्षणको बिलको विरोध गरे जसलाई लिएर भाजपा महिला मोर्चाद्वारा देशका विभिन्न भागहरूमा प्रदर्शन गरिँदैछ।विभिन्न राज्यहरूसँगसँगै आज उदालगुड़ी जिल्ला बाजपा महिला मोर्चाको सौजन्यमा टङ्गलाका महिलाहरूले हात-हातमा प्ले कार्ड बोकेर कङ्ग्रेस सहित विपक्षी दलहरूविरूद्ध व्यापक नाराबाजी गरे। विरोध प्रदर्शनमा प्रदेश भाजपा महिला मोर्चाकी प्रदेश अध्यक्ष सहित उदालगुड़ी जिल्ला भाजपा अध्यक्ष अजय हजारिका, सचिव सुजित सरकार, पार्षद अर्जुन दैमारी, दिगङ्त बरुवा सहित ठूलो सङ्ख्यामा महिलाहरूको उपस्थिति रहेको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande