
कोलकाता, 29 अप्रेल (हि.स.)। पश्चिम बङ्गाल विधानसभा चुनाउको दोस्रो चरणको मतदान अवधि सोनारपुर दक्षिण विधानसभा क्षेत्रबाट तृणमूल कङ्ग्रेस उम्मेद्वार लभली मित्राको केन्द्रिय बलसित बहस भयो।
सूत्र अनुसार लभली मित्राले राजपुर-सोनारपुर नगरपालिकाको वार्ड संख्या 19 स्थित विद्याभूषण विद्यापीठको बूथ नम्बर 143 मा आफ्नो मतदान गरिन्। मतदानपछि उनले भनिन्, पहिलो पटक मैले आफूलाई भोट दिएँ।
तथापि भोट दिएपछि उनले आरोप लगाइन्, केही मतदाताहरूको नाम मतदाता सूचीबाट मेटाइएको थियो जसले गर्दा उनीहरूले मतदान गर्न सकेनन्। उनले यो पनि दाबी गरिन्, केन्द्रिय बलले भारतीय जनता पार्टी (भाजपा)- को पक्षमा काम गरिरहेको छ। तृणमूल उम्मेद्वारले भनिन्, आजदेखि यहाँ भाजपाको लागि कुनै स्थान छैन।
स्मरण गराइन्छ, सोनारपुर दक्षिण विधानसभा सीट दोस्रो चरणमा सबैभन्दा चर्चित सीटहरूमध्ये एक रह्यो जहाँ मुख्य उम्मेद्वारिता दुई अभिनेत्रीहरूबीच भएको छ- तृणमूलकी लभली मित्रा र भाजपाकी रूपा गाङ्गुली। लभली मित्रा यस सीटकी वर्तमान विधायक पनि हुन्
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा