
नदिया, 29 अप्रेल (हि.स.)। मतदानकोदिनअपरान्हनवद्वीपबाट एउटा ठूलो राजनीतिक विवाद सामु आएको छ।भाजपा प्रत्याशी श्रुतिशेखर गोस्वामीले आरोप लगाएका छन्, उनको घरमा तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरूले हमला गरे।
प्राप्त जानकारीअनुसारनवद्वीप नगरपालिकाकोचार नम्बर वार्डस्थित सुदर्शन हाई स्कूलको54 नम्बर बूथको छेउमै प्रत्याशीको घर अवस्थित छ। आरोप छ, अपरान्ह लगभग अढ़ाई बजे लगभग 40 जना पुरूष-महिलाहरूले उनको घरमा गएर घरको फलामको गेटमा लात्ताले प्रहार गर्दै अपशब्द प्रयोग गरे। घटनाको सूचना पाएर घटनास्थलमा पुगेको केन्द्रिय सुरक्षा बलले भीड़लाई हटाएर स्थितिलाई नियन्त्रण गऱ्यो। त्यसपछि क्षेत्रको माहोल तनाउपूर्ण भयो।
तथापि तृणमूल कङ्ग्रेसले उक्त आरोपलाई पूर्ण रूपले खारेज गरिदिएको छ। प्रशासनले स्थितिमाथि नजर राखिरहेको छ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा