
नयाँ दिल्ली, ६ अप्रेल (हि.स.)। सुप्रीम कोर्टले अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डूले आफ्ना आफन्तका कम्पनीहरूलाई ठेक्का दिलाएको आरोपमा केन्द्रिय जाँच ब्यूरो (सीबीआई) लाई जाँचको आदेश दिएको छ। जस्टिस विक्रम नाथको नेतृत्वमा रहेको बेञ्चले यो आदेश जारी गरेको हो।
सुप्रीम कोर्टले सीबीआईलाई दुई हप्ताभित्र जाँच शुरु गर्न निर्देशन दिएको छ। कोर्टले भन्यो, जाँच जनवरी २०१५ देखि दिसम्बर २०२५ सम्मका ठेक्काहरूको हुनेछ। अदालतले १७ फरवरीमा फैसला सुरक्षित राखेको थियो। अदालतले १८ मार्च, २०२५ मा गृह मन्त्रालय र वित्त मन्त्रालयलाई नोटिस जारी गरेको थियो।
सुनुवाईका क्रममा याचिकाकर्ताका वकिल प्रशान्त भुषणले भनेका थिए, राज्यलाई लुटिदैंछ। अरुणाचल प्रदेशका मुख्यमन्त्रीकी पत्नी र भतिजाको कम्पनीलाई धेरै ठेक्का दिइएको छ। यी ठेक्काहरू भ्रष्टाचार निवारण कानुन र मन्त्रीहरूको आचार संहिताको उल्लंघन गरेर दिइएका छन्।
वकिल प्रशान्त भुषणले भनेका थिए, मुख्यमन्त्रीकी पत्नी र भतिजाको कम्पनीलाई हजारौं करोड़का करिब ७० ठेक्का दिइएका छन्। सुनुवाईका क्रममा राज्य सरकारका वकिलले यो याचिकालाई कानुनको दुरुपयोग र राजनीतिबाट प्रेरित याचिका बताएका थिए।
---------------
हिन्दुस्थान समाचार / बिशाल