अनित थापाले दार्जिलिङमा बिजयकुमार राईको पक्षमा चुनाउ प्रचार गरे
अनित थापाद्वारा दार्जिलिङमा बिजयकुमार राईको पक्षमा चुनाव प्रचार


दार्जिलिङ, 08 अप्रेल (हि.स.)। दार्जीलिङ विधानसभा समष्टिको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका उम्मेदवार विजय कुमार राईको पक्षमा पार्टी अध्यक्ष अनित थापाले आज दार्जिलिङमा चुनाउ प्रचार गरे। यसावधि उनले दार्जिलिङका जनतासित व्यक्तिगत रूपमा भेट्दै बिजयकुमार राईलाई भोट दिएर जिताउने आह्वान् पनि गरे।

उक्त चुनाउका क्रममा अध्यक्ष थापाले पैदल यात्रा गर्दै मानिसहरुलाई भेट्दै बिजयकुमार राईलाई जिताउने आह्वान् गरेका थिए। यस चुनाउ प्रचारको समयमा पत्रकारहरुलाई सम्बोधन गर्दै अनित थापाले भने, बीजेपीसँग मानिसको विश्वास नै हराएको छ। भिजन अनि एजेण्डा नै छैन विपक्षको। उनीहरु हार्छ हामीसँग। हामी मानिसलाई भिजन देखाएर भोट माग्छौँ। अरूले अनित थापाको विरोध गरेर भोट माग्छ।'

उनले अघि भने, 'अहिले मान्छेहरू टर्च लाइट मात्र पक्रने भएका छन्। पहाडको कुना कुनामा टर्च लाइट बल्नेछ। दार्जिलिङमा हुने त्रिकोणीय फाइटमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई नै फाइदा छ।'

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande