
जबलपुर, 02 मई (हि.स.)। मध्य प्रदेशको जबलपुरमा बरगी बाँधमा क्रूज जहाज दुर्घटनापछि हराइरहेका चार जनाको खोजी शनिवार पनि जारी छ। एनडीआरएफ र एसडीआरएफसँगै सेनाका जवानहरू पनि खोजीमा संलग्न छन् तर दिउँसोसम्म कुनै सफलता प्राप्त भएको छैन। बाँधमा आएको तीव्रज हावा र छालले उद्धार प्रयासमा बाधा पुर्याएइरहेको छ। पुलिस र प्रशासनिक अधिकारीहरू घटनास्थलमा उपस्थित छन्।
दुर्घटना भएको 40 घण्टाभन्दा बढ़ी समय बितिसकेको छ तर तीन बालबालिका सहित चार जना बेपत्ता छन्। बरगी शहरका सीएसपी अन्जुल अयंक मिश्राले शनिवार बिहान 7 बजीतिर खोजी शुरु भएको बताए। बेपत्ता चार जनाको खोजीमा एनडीआरएफ र एसडीआरएफलाई सहयोग गर्न सेनालाई पनि खटाइएको छ। डुंगाको आकार सानो भएकाले तीव्र हावामा उद्धार कार्य सावधानीपूर्वक सञ्चालन गर्नुपरिरहेको छ।
उल्लेखनीय छ कि पर्यटन विभागको एउटा क्रूज बिहिवार साँझ 5 बजीतिर जबलपुरको नर्मदा नदीमा बरगी बाँधमा अचानक आएको आँधीका कारण डुबेको थियो। दुर्घटनाको समय क्रूजमा 45 भन्दा बढ़ी पर्यटक थिए। शुक्रवार साँझसम्म जारी उद्धार कार्यको क्रममा नौ जनाको शव निकालिएको थियो भने 28 जनाको उद्धार गरिएको थियो। तीन बालबालिका सहित चार जना बेपत्ता छन् र यो समाचार लेखिञ्जेलसम्म फेला परेका छैनन्। शुक्रवार साँझ उद्धार कार्यको क्रममा पनि भारी वर्षा भएको थियो, जस कारण खोजी कार्य रोकिएको थियो। शनिवार बिहान खोजी कार्य पुनः शुरु गरिएको थियो। हाल बेपत्ता चार जनाको खोजी कार्य जारी छ।
मुख्यमन्त्री डा. मोहन यादवले दुर्घटनाको सम्बन्धमा महत्वपूर्ण कारबाही गरेका छन्। शुक्रवार दुर्घटना स्थलको निरीक्षण र पीड़ितहरूलाई भेटेपछि, उनले अबेर बेलुकी लापरवाहीको लागि जिम्मेवार व्यक्तिहरू विरुद्ध कड़ा कारबाही गरे। क्रूज पाइलट महेश पटेल, सहयोगी छोटेलाल गोन्ड र टिकट काउन्टर इन्चार्ज ब्रिजेन्द्रको सेवा तत्काल प्रभावदेखि बर्खास्त गरिएको छ। होटल मैकल रिसोर्ट र मेनेजर बोट क्लब बरगी सुनील मारावीलाई लापरवाही गरेको आरोपमा निलम्बन गरिएको छ। साथै क्षेत्रीय प्रबन्धक संजय मल्होत्रालाई मुख्यालय अटैच गरी विभागीय अनुसन्धान शुरु गरिएको छ।
मुख्यमन्त्री डा. यादवले दुर्घटनाको हरेक पक्षको गहन अनुसन्धान गर्न उच्चस्तरीय अनुसन्धान समिति गठन गरेका छन्। समितिमा होमगार्ड्स एण्ड सिभिल डिफेन्सका महानिदेशक, मध्य प्रदेश सरकारका सचिव र जबलपुर डिभिजनका आयुक्त सामेल छन्। यो समितिले दुर्घटनाको तीन वटा पक्षमा गहन अनुसन्धान गर्नेछ: दुर्घटनाको कारण, क्रूज सञ्चालन नियमहरू र अन्य सान्दर्भिक जानकारी। अनुसन्धानपछि भविष्यमा यस्ता दुःखद घटनाहरू दोहोरिन नदिन दोषीहरू विरुद्ध कड़ा कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी