संदीप पाठक विरूद्ध दुई एफआईआर दर्ता, भाजपाले भगवन्त मानमाथि बदलाको कारबाहीको लगायो आरोप
भाजपा


नयाँ दिल्ली, 02 मई (हि.स.)। आम आदमी पार्टी (आआप) छोड़ेर भाजपामा सामेल भएका राज्यसभा सदस्य सन्दीप पाठक विरुद्ध पञ्जाबमा दुई एफआईआर दर्ता गरिएको छ। भगवन्त सरकारलाई लक्षित गर्दै भाजपाले यसलाई बदलाको कारबाही बताएको छ।

भाजपा सांसद सुधांशु त्रिवेदीले शनिवार मीडियासँग कुरा गर्दै पञ्जाबको कानून व्यवस्थामाथि प्रश्न उठाउँदै भने, राज्यमा पहिले नै कमजोर कानून व्यवस्थाको स्थिति भएपनि पञ्जाब पुलिसले राज्यसभा सदस्य सन्दीप पाठकको निवासमा छापा मार्ने प्रयास गरेको छ।

आम आदमी पार्टी (आआप) सरकारको अधीनमा पुलिसले अपराध नियन्त्रण गर्नुको सट्टा यस्तो कारबाही गरिरहेको छ।

उनले भने, जनता भगवन्त मान सरकारसँग रिसाएका छन्। यो हताशा, निःराशा र क्रोधले प्रतिशोधात्मक कारबाहीतर्फ डोऱ्याइरहेको छ। उनले अरविन्द केजरीवालबाट जवाफ माग्दै नयाँ राजनीति को दाबीमाथि पनि प्रश्न उठाए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande