
दक्षिण 24 परगना, 02 मई (हि.स.)। दक्षिण 24 परगना जिल्लाको डायमण्ड हार्बर विधानसभा क्षेत्रका चार बुथ र मगराहाट पश्चिम विधानसभा क्षेत्रका 11 बुथमा शनिवार शान्तिपूर्ण माहोलमा पुन: मतदान शुरु भयो। मतदान बिहान 7 बजीदेशि शुरू भयो र साँझ 6 बजीसम्म जारी रहनेछ।
निर्वाचन आयोगको निर्देश अनुसार मगराहाट पश्चिमका 11 बुथ र डायमण्ड हार्बरका चार बुथमा पुन: मतदान भइरहेको छ। मतदान केन्द्रहरूमा मगराहाट पश्चिममा बुथ नम्बर 46, 126, 127, 128, 142, 214, 215, 216, 230, 231 एवं 232 र डायमण्ड हार्बरमा बुथ नम्बर 117, 179, 194 र 243 सामेल छन्।
बिहानैदेखि सबै मतदान केन्द्रहरूमा कड़ा सुरक्षा व्यवस्था देख्न पाइयो। राज्य पुलिससंगै केन्द्रिय बलका कर्मीहरू पनि सतर्कताका साथ तैनाथ छन्। कुनै पनि अप्रिय घटना हुन नदिन मतदान केन्द्र बाहिर भेला हुन पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ र क्षेत्रमा निरन्तर गस्ती भइरहेको छ।
मतदानको पहिलो घण्टामा कुनै पनि अवरोध वा अप्रिय घटनाको रिपोर्ट गरिएको छैन। प्रशासनले सम्पूर्ण प्रक्रिया शान्तिपूर्ण र निष्पक्ष ढंगमा सम्पन्न गर्न व्यापक व्यवस्था गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी