
नयाँ दिल्ली, 26 मई (हि.स.)। दिल्लीको लोक निर्माण विभाग (पीडब्ल्यूडी)- का मन्त्री प्रवेश साहिब सिंहले आज बारापुला फ्लाइओभर फेज- 3 एलिभेटेड कोरिडोरको निरीक्षण गरे। निरीक्षणपछि यहाँ मीडियालाई सम्बोधन गर्दै मन्त्रीले भने, आगामी 30 जूनसम्ममा काम पूरा हुनेछ।
मन्त्री प्रवेश साहिब सिंहले भने, पहिलो पटक देशमा कुनै फ्लाइओभरमा भिन्नै साइकल लेन बनाइएको छ। उनले भने, ‘दिल्लीमा भारतीय जनता पार्टी (भाजपा)- को सरकार सत्तामा आएर 20 फरवरी, 2025-मा शपथ लिएपछि तुरून्तै थाँतीमा रहेको यस फ्लाइओभरको काम शुरू गरायो। उनले भने, बारापुला फ्लाइओभर वर्ष 2017-मै पूरा हुनुथ्यो, तर भएन। यसमा नौ वर्षको ढिल्याई भइसकेको छ।
मन्त्री प्रवेश साहिब सिंहले भने, पछिल्लो कुनै पनि सरकारले बारापला फ्लाइओभरलाई पूरा गर्नको लागि गम्भीरता देखाएन। यहाँसम्म कि स्वीकृति (एनओसी) प्राप्त गर्नमा पनि सही रूपमा सहयोग गरेन। उनले भने, हाम्रो सरकारले फ्लाइओभरको काम पूरा गर्नको लागि पूर्ण सहयोग गऱ्यो। यो सञ्चालनमा आएपछि पूर्वी दिल्लीको मयूर विहारदेखि दक्षिणी दिल्लीको एम्ससम्म सोझै सिग्नल मुक्त कनेक्टिभिटीको सुविधा हुनेछ।
यो सञ्चालनमा आउनसाथ पूर्वी र दक्षिणी दिल्लीबीच दिनहुँ यात्रा गर्ने लाखौं मानिसहरूले राहत पाउनेछन्। यसबाट सराय काले खा, रिङ्ग रोड, डीएनडी फ्लाइओभर र एनएच-24 को वरिपरी ट्राफिक जाम पनि कम हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा