रहामा अबेर राति भ्रष्टाचार निरोधक शाखाको छापामारी
raid


नगाउँ, 26 मई, (हि.स.)। नगाउँ जिल्लाको राहामा गए मङ्गलवार अबेर राति भ्रष्टाचार निरोधक एवं सतर्कता शाखाले माछा पालन विभागका पूर्व अधिकारी ज्योतिप्रसाद सैकियाको आवासमा छापेमारी अभियान सञ्चालन गऱ्यो।

सूत्र अनुसार भ्रष्टाचार निरोधक टीमले जाँचको सिलसिलामा यो कारबाही गरेको हो। अभियानपछि पूर्व अधिकारी ज्योतिप्रसाद सैकियालाई जाँचबुझको लागि भ्रष्टाचार निरोधक कार्यालयमा लगियो।

बताइन्छ, ज्योतिप्रसाद सैकियाले चुनाउ लड़्ने उद्देश्यले स्वैच्छिक सेवानिवृत्ति (भीआरएस) लिएका थिए। उनले कङ्ग्रेससित टिकटको माग पनि गरेका थिए। मामिलासित सम्बन्धित विस्तृत जानकारी तथा जाँच कारण थाहा पाउन हाल प्रतीक्षा गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande