
गोलाघाट (असम), 28 मई (हि.स.)। असमको गोलाघाट जिल्ला अन्तर्गत मेरापानी क्षेत्रस्थित 2 नम्बर नेघेरीबिलमा फेरि एकपटक व्यापक स्तरमा अतिक्रमण हटाऔं अभियानलाई शुरू गर्ने तयारी भइरहेको छ। राज्यमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वाधिन एनडीए सरकार गठन भएपछि यस कारबाहीलाई लिएर प्रशासनिक गतिविधि तीव्र भएको छ।
वन विभागका विशेष मुख्य सचिव एमके यादवले बिहीवार घटनास्थलको भ्रमण गरी स्थितिको जायजा लिए। यस अवधि वन विभाग, जिल्ला प्रशासन तथा सीआरपीएफका वरिष्ठ अधिकारीहरू पनि उपस्थित थिए। अधिकारीहरूको यस उपस्थिति पश्चात क्षेत्रमा बस्दै आएका 59 परिवार गम्भीर चिन्तामा डुबेका छन्।
जानकारी अनुसार गौहाटी उच्च न्यायालयले निर्देश दिएपछि वन विभाग र जिल्ला प्रशासनले अवैध कब्जालाई हटाउने प्रक्रियालाई पुनः शुरू गर्ने तयारी गरिरहेको छ। यसअघि पनि यस क्षेत्रमा अतिक्रमण हटाउने कारबाही गरिएको थियो, तर मामिला अदालतमा पुगेपछि प्रक्रियामाथि रोक लगाइएको थियो।
बिहीवार अधिकारीहरूले चिन्हित अतिक्रमित क्षेत्रको निरीक्षण गरी वर्तमान स्थितिको मूल्याङ्कन गरे। यस अवगि गोलाघाटका जिल्ला आयुक्त पूवाली गोहाईं, अतिरिक्त पुलिस अधीक्षक जन दास औ वन विभागका अन्य वरिष्ठ अधिकारीहरू उपस्थित थिए।
वन विभागद्वारा बताइएको छ, दुई नम्बर नेघेरीबिलका 59 परिवार तथा उरियामघाटका 11 परिवारलाई पहिला नै विस्थापन गर्ने नोटिस जारी गरिसकिएको छ। विभागानुसार अदालतबाट अन्तिम अनुमति प्राप्त हुनसाथ आगामी जून महिनाको शुरूआतदेखि नै अतिक्रमण हटाऔं अभियान शुरू हुनसक्छ।
यस सम्भावित कारबाहीलाई लिएर क्षेत्रमा तनाउ तथा अनिश्चितताको माहोल सृजना भएको छ भने अर्कोतिर प्रशासनले कानून व्यवस्थालाई कायम राख्नको लागि सुरक्षाको कड़ा बन्दोबस्त गर्ने सङ्केत दिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा