खड़दहमा तृणमूल ब्लक अध्यक्ष पक्राउ, जल भूमिलाई अवैध रूपमा भराएको तथा असुली गरेको आरोप
खड़दहमा तृणमूल ब्लक अध्यक्ष पक्राउ, जल भूमिलाई अवैध रूपमा भराएको तथा असुली गरेको आरोप


उत्तर 24 परगना, 28 मई (हि.स.)। विधानसभा चुनाउको खैलाबैला शान्त हुनअघि नै पुलिसले ठूलो कारबाही गर्दै खड़दह ब्लक तृणमूल कङ्ग्रेस अध्यक्ष तथा बन्दीपुर पञ्चायतका उपप्रधान प्रसेनजीत साहालाई बिहीवार पक्राउ गरेको छ। उनीमाथि कल्याणी एक्सप्रेसवेको छेउमा रहेको जलभूमिलाई अवैध रूपमा भरेको, जमीन बिक्री सिण्डिकेट स़ञ्चालन गरेको तथा केही मामिलाहरूमा अवैध असुली गरेको गम्भीर आरोप लागेको छ।

स्थानीय सूत्र अनुसार प्रसेनजीत साहाविरूद्ध पछिल्लो लामो समयदेखिकै क्षेत्रमा केही अवैध गतिविधिहरू गरिरहेको सिकायत प्राप्त भएको थियो। विधानसभा चुनाउको दिन पनि केन्द्रिय बलहरूले उनलाई खोज्नको लागि अभियान सञ्चालन गरेका थिए।

बताइन्छ, केन्द्रिय बलहरूले उनको घरलाई घेरेर लामो समयसम्म खानतलासी गरेका थिए, तर त्यसताक उनी भागेका थिए जसले गर्दा उनलाई पक्राउ गर्न सकिएन। अन्ततः पुलिसको सक्रियताले यी प्रभावशाली नेतालाई पक्राउ गरिएको छ।

पुलिस हाल सम्पूर्ण मामिलाको जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande