भड़्काउपूर्ण बयानको मामिलामा सांसद अभिषेक ब्यानर्जीमाथि फेरि अर्को सिकायत दर्ता
भड़्काउपूर्ण बयानको मामिलामा सांसद अभिषेक ब्यानर्जीमाथि फेरि अर्को सिकायत दर्ता


कोलकाता, 28 मई (हि.स.)। कोलकातामा तृणमूल कङ्ग्रेसका राष्ट्रिय महासचिव औ सांसद अभिषेक ब्यानर्जीविरूद्ध सोशल मीडिया पोस्टलाई लिएर सिकायत दर्ता गरिएको छ। सिकायतमा आरोप लगाइएको छ, यस पोस्टबाट साम्प्रदायिक सौहार्द बिग्रिनसक्छ।

पुलिस अधिकारी अनुसार यो सिकायत भवानीपुर थानामा अर्नब कान्ति दास नामक व्यक्तिद्वारा दर्ता गरिएको हो। सिकायतकर्ताले सम्बन्धित सोशल मीडिया पोस्टलाई “अजिम्मेवारीपूर्ण” बताएका छन्। पुलिसलाई गत 2 मईमा सोशल मीडिया प्लेटफर्म एक्समा गरिएको एउटा पोस्टको प्रति पनि सुम्पिइएको छ ज सको आधारमा प्रारम्भिक जाँच शुरू गरिएको छ।

कोलकाता पुलिसका एकजना वरिष्ठ अधिकारीले बताए, सिकायत प्राप्त भइसकेको छ र आरोपहरूको जाँच प्रारम्भिक स्तरमा भइरहेको छ। जाँच रिपोर्टको आधारमा अग्रिम कानूनी कारबाही तय गरिनेछ।

यो मामिला यस्तो समयमा सार्वजनिक भएको छ जतिबेला केही दिनअघि अभिषेक ब्यानर्जीविरूद्ध विधाननगर साइबर अपराध थानामा एउटा भिन्नै प्राथमिकी दर्ता गरिएको थियो। यो मामिला कथित रूपमा चुनाउ प्रचार अवधि गरिएको बयानसित सम्बन्धित छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande