केही दिनको राहतपछि फेरि बढ़्नेछ गर्मी, दक्षिण बङ्गालमा पारा चढ़्ने सङ्केत
केही दिनको राहतपछि फेरि बढ़्नेछ गर्मी, दक्षिण बङ्गालमा पारा चढ़्ने सङ्केत


कोलकाता, 31 मई (हि.स.)। पछिल्लो केही दिनदेखिको भइरहेको वर्षाको कारणले गर्मीबाट राहत पाए पनि अब फेरि दक्षिण बङ्गालमा गर्मी बढ़्ने सङ्केत देखिँदैछ। मौसम विभाग अनुसार आइतवारदेखि दिनको तापमान बिस्तारै बढ़्न शुरू हुनेछ जसले गर्दा जूनको पहिलो सातादेखिआद्रतापूर्ण गर्मी पुनः महसूस हुनसक्छ।

आइतवार बिहानदेखिकै कोलकातामा चर्को घाम देखियो। तथापि दिउँसो आंशिक रूपमा बादल लाग्ने सम्भावना भए पनि शहरमा पानी पाउने सम्भावना भने कमै रहेको बताइएको छ।

मौसम विभाग मुताविक आइतवार कोलकाताको न्यूनतम तापमान 25.2 डिग्री सेल्सियस दर्ता गरियो जुन सामान्यभन्दा 2.6 डिग्री कम हो भने अधिकतम तापमान 33.3 डिग्री सेल्सियस रहने अनुमान हछ जुन सामान्यभन्दा 1.8 डिग्री कम हो।

दक्षिण बङ्गालका केही जिल्लाहरूमा आइतवार हल्का पानी पर्नसक्छ। विशेष गरी पूर्व र पश्चिम मेदिनीपुर, झाड़ग्राम, पुरुलिया, बाँकुड़ा, पूर्व औ पश्चिम बर्धमान, बीरभूम तथा मुर्शिदाबादमा सांझको समयमा कतै-कतै हल्का पानी पर्ने पूर्वानुमान व्यक्त गरिएको छ। तथापि मौसम विभागले स्पष्ट पारेको छ, सोमवारदेखि दक्षिण बङ्गालको तापमान उल्लेखनीय रूपमा बढ़्न शुरू हुनेछ।

यता उत्तर बङ्गालमा पनि आइतवारदेखि वर्षाको गतिविधिमा कमी आउने अनुमान छ। तथापि आगामी मङ्गलवारदेखि पुनः वर्षाको नयाँ चरण शुरू हुनसक्छ। दार्जीलिङ,कालेबुङ तथा जलपाईगुड़ीमा अपेक्षाकृत अधिक वर्षा हुने सम्भावना व्यक्त गरिएको छ।

मौसम विभागको भनाइ छ, हाल दक्षिण बङ्गालमा भयानक गर्मी जस्तो स्थिति उत्पन्न हुनेछैन। तर तापमानमा क्रमिक वृद्धिसितै मानिसहरूले आद्रताको सामना गर्नुपर्नेछ। डाक्टरहरूले मानिसहरूलाई पर्याप्त मात्रामा पानी पिउने अनि अपरान्हको समयमा घाममा अनावश्यक रूपमा बाहिर निक्लिनदेखि बच्ने सल्लाह दिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande