
गान्तोक, 31 मई (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीका अध्यक्ष पवन चामलिङले
सागा दावाको पावन अवसरमा सम्पूर्ण सिक्किमवासीहरूमा हार्दिक शुभकामना तथा मंगलमय शुभेच्छा व्यक्त गरेका छन्।
एसडीएफ अध्यक्षले आइतबार बिहान जारी आफ्नो सन्देशमा भने, 'सागा दावा बौद्ध पञ्चाङको सबैभन्दा पवित्र समय हो, जसले भगवान बुद्धको जीवनका तीन महत्वपूर्ण घटनाहरू- जन्म, ज्ञान प्राप्ति तथा महापरिनिर्वाणको स्मरण गराउँछ। यो तिब्बती पञ्चाङको चौथो महिनाको पन्ध्रौँ दिनमा मनाइन्छ। यस पवित्र अवसरले भगवान बुद्धले मानव जातिलाई प्रदान गर्नुभएको करुणा, प्रज्ञा, शान्ति तथा निःस्वार्थ सेवाका शाश्वत मूल्यहरूलाई आत्मसात् गर्ने प्रेरणा प्रदान गर्दछ।'उनले यस पावन अवसरमा सम्पूर्ण सिक्किमवासीहरूको सुस्वास्थ्य, सुख, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गरेका छन्। उनले भगवान बुद्धका उपदेशहरूले हामीलाई न्यायपूर्ण, शान्तिपूर्ण तथा करुणामय समाज निर्माणतर्फ निरन्तर मार्गदर्शन गरिरहून् भन्ने भन्दै राज्यमा सधैं एकता, शान्ति र समृद्धिको आशीर्वाद रहिरहोस् भन्ने कामना पनि गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल