शिशिर अधिकारीले भवानीपुरमा गएर जनता सेवा गर्ने
शिशिर अधिकारीले भवानीपुरमा गएर जनता सेवा गर्ने


पूर्व मेदिनीपुर, 06 मई (हि. स.)। विधानसभा चुनाउमा भाजपाको जीत भएपछि वरिष्ठ नेता शिशिर अधिकारीले भनेका छन्, उनका छोरा शुभेन्दु अधिकारीले भवानीपुरबाट जीत हासिल गरेपछि उनी स्वयं त्यहाँ गएर पार्टी कार्यालयको उद्घाटन समारोहमा सामेल हुनेछन् अनि क्षेत्रका मानिसहरूको सेवा गर्नको लागि काम गर्नेछन्।

88 वर्षीय शिशिर अधिकारीले भने, आफूले जीत हासिल गरेको क्षेत्रका मानिसहरूको सेवा गर्नु जनप्रतिनिधिहरूको कर्तव्य हो। उनले बताए, भवानीपुरमा मानिसहरूको समस्या सुन्न अनि उनीहरूलाई सहयोग गर्नको लागि चाँड़ै पार्टी कार्यालय खोलिनेछ।

पूर्व सांसद शिशिर अधिकारीले भने, उनले चाँड़ै भवानीपुरमा सङ्गठनलाई सुदृढ़ बनाउनको लागि कार्यकर्ताहरूसित बैठक गर्नेछन्। उनले भने, उनको उमेर 88 वर्ष भइसकेको छ, त्यसैले उनी चुनाउ लड़ेर जनप्रतिनिधि बन्न सक्दैनन्, तर जनताको सेवाको लागि सक्रिय रहनेछन्।

पूर्वी मेदिनीपुर जिल्लाका वरिष्ठ नेता शिशिर अधिकारी लामो समयसम्म कान्थी नगरपालिकाको चेयरम्यान रहिसकेका छन्। उनी वर्ष 2009-देखि वर्ष 2024 सम्म कान्थी लोकसभा क्षेत्रबाट सांसद पनि रहिसकेका छन् यस अतिरिक्त केन्द्रमा ग्रामीण विकास राज्य मन्त्रीको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन्।

यस अवधि उनले ममता ब्यानर्जीमाथि पनि लक्षित गर्दै भने, जनताले उनलाई मुखभरिको जवाप दिएका छन्। मानिसहरूदेखि टाड़ा तथा प्रशासनको सहारा राजनीति गर्ने प्रयासको परिणाम चुनाउमा छर्लङ्ग देखियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande