उल्फा (स्वा) क्याडर पक्राउ
उल्फा (स्वा) क्याडर पक्राउ


शिवसागर (असम), 06 मई (हि.स.) । शिवसागर जिल्लाको डिमौ पुलिसले गुप्त सूचनाको आधारमा अभियान सञ्चालन गरी प्रतिबन्धित सङ्गठन यूनाइटेड लिबरेशन फ्रन्ट अफ असम (उल्फा) स्वाधीन (स्वा)-का एकजना क्याडरलाई पक्राउ गरेको छ। उक्त क्याडरबाट विस्फोटक, जिउँदो कारतूस आदि जफत गरिएको छ।

डिमौ पुलिसले बुधवार बताएको छ, डिमौ पुलिसद्वारा पालङ्गी धान्य पाथर क्षेत्रमा सञ्चालित अभियान अवधि उल्फा (स्वा) क्याडरलाई पक्राउ गरिएको छ। क्याडरको पहिचान वीरेन चेतिया उपनाम रन्टु असमको रूपमा गरिएको छ।

पक्रा पर्ने आरोपीबाट पुलिसले 7 वटा ग्रेनेड, 13 राउण्ड जिउँदो कारतूस एवं नगद राशि अतिरिक्त अन्य आपत्तिजनक दस्तावेज पनि जफत गरेको छ। पुलिसले यस सम्बन्धमा आरोपीसित गहन जाँचबुझ गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande