
गान्तोक, 25 मई (हि.स.)। गेजिङ जिल्लाको क्योङ्सास्थित पीएम श्री सरकारी कन्या वरिष्ठ माध्यमिक विद्यालयमा आज 'विशेषज्ञसॅंग कुराकानी' कार्यक्रम आयोजन गरियो। यस कार्यक्रममा म्याराथन म्यान अफ् सिक्किमको नामले प्रख्यात धावक अमर सुब्बाले विद्यार्थीहरूसॅंग अन्तरक्रिया गर्नुका साथै आफ्नो जीवन यात्राका अनुभवहरू साझा गरेका थिए।
कार्यक्रममा धावक सुब्बाले आफ्नो अविश्वसनीय यात्रामाथि प्रकाश परेका थिए, जसले स्कूलका विद्यार्थीहरूलाई लक्ष्य-उन्मुख जीवन बिताउन प्रेरित गर्यो। उनले उमेर केवल एक संख्या मात्र हो भन्ने कुरामा जोड दिॅंदै स्वास्थ्य र तन्दुरुस्ती, अनुशासन र दृढता र आत्मविश्वासका मुख्य मूल्यहरूलाई प्रकाश पारे।
उनका प्रेरक शब्दहरूले युवा विद्यार्थीहरूलाई सन्तुलित जीवनशैली कायम राख्न तथा आफ्नो व्यक्तिगत र शैक्षिक लक्ष्य दुवैमा समर्पित रहन प्रोत्साहित गरेको बताइएको छ। स्कूलले अमर सुब्बालाई उनको समय र युवा पुस्ताको लागि शक्तिशाली आदर्श भएकोमा गहिरो आभार व्यक्त गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल