साइबर फ्रड: महिलाले गुमाइन् 40 हजार रूपियॉं
cyber crime


गान्तोक, 25 मई (हि.स.)। गान्तोककी एउटी महिला साइबर फ्रडको शिकार बनेकी छन्। पीडित महिला साइबर फ्रडको चपेटमा परेर चालिस हजार रूपियॉं गुमाएकी छन्।

पुलिस रिपोर्टका अनुसार, गान्तोककी एउटी महिलालाई व्हाट्सएप सन्देश पठाइएको थियो, जसमा एक व्यक्तिले आफुलाई महिलाकी आफन्त रहेको दाबी गर्दै चालिस हजार रूपियॉं पठाइदिन अनुरोध गरे। उक्त व्यक्तिको अनुरोधलाई वास्तविक मान्दै महिलाले अनलाइन पैसा पठाइदिइन्। त्यसपछि, फेरि पनि उनलाई पैसा पठाउन लगाइयो।

यस क्रममा महिलालाई शंका लाग्यो र उक्त आफन्तलाई फोन गरिन्। यसपछि, साइबर अपराधीहरूले उनको आफन्तको फोन ह्याक गरेर फोन गरेको कुरा महिलाले थाहा पाइन्। उनले एनसीआरपी पोर्टलको माध्यमद्वारा घटनाको सम्बन्धमा शिकायता गरेकी छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande