'चन्द्र र सूर्य रहुञ्जेलसम्म जीवित रहनेछ असमिया भाषा' : मुख्यमन्त्री सरमा
'चन्द्र र सूर्य रहुञ्जेलसम्म जीवित रहनेछ असमिया भाषा' : मुख्यमन्त्री सरमा


गुवाहाटी, 13 जून (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शनिवार असमिया भाषा र राज्यको सांस्कृतिक पहिचानलाई लिएर महत्वपूर्ण टिप्पणी गर्दै भने, चन्द्र अनि सूर्य रहुञ्जेलसम्म असमिया भाषा जीवित रहनेछ। मुख्यमन्त्रीले आज दिसपुर लोकभवनमा आयोजित क्याबिनेटको बैठक पश्चात सम्वाददाता सम्मेलनलाई सम्बोधन गरिरहेका थिए।

मुख्यमन्त्रीले भने, असमलाई माया गर्ने मानिसहरूले आगमी जनगणनामा आफ्नो भाषाको रूपमा असमिया दर्ता गराउनुपर्छ। तथापि उनले यो पनि स्पष्ट पारे, यदि घरमा असमिया भाषा प्रयोग गरिँदैन भने केवल जनगणनामा असमिया लेख्नुको कुनै लाभ हुनेछैन।

डा. सरमाले भे, चार-चापोरी परिषदले यो बताउनु आवश्यक छैन कि जनगणनामा कुन-कन भाषा लेखिनु। उनले भने,भाषाको चयन मानिसहरूले आफ्नो वास्तविक पहिचानको आधारमा गर्नुपर्छ।

मुख्यमन्त्रीले यो पनि भने, राज्यका मुख्य समस्याहरू ‘ल्याण्ड जिहाद’ र ‘लभ जिहाद’ हुन्। साथै उनले बल दिँदै भने, कुनै पनि असमिया समाजलाई कमजोर ठान्नु हुँदैन।

असमिया भाषा, जनसाङ्ख्यिकीय मुद्दा औ राज्यको पहिचानसित सम्बन्धित विषयहरूमा आफ्नो प्रतिक्रिया व्यक्त गर्दै मुख्यमन्त्रीे उक्त टिप्पणी गरेका हुन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande