
खरसाङ, 13 जून (हि.स.)। पश्चिम बंगालका पञ्चायत अनि ग्रामीण विकास मन्त्री दिलिप घोषले दार्जिलिङ हिमालयन रेलवेको आयोजनामा खरसाङमा चलिरहेको ध्रुमा फिल्म फेस्टिभलको दोस्रो दिनको कार्यक्रमको उद्घाटन गरेका छन्। उनी हिजो खरसाङ आइपुगेका थिए भने आज बिहान खरसाङको डाउहिलस्थित धोबी झोडा गाउँमा चियामा चर्चा कार्यक्रममा भाग लिॅंदै स्थानीयहरुसित भेटघाट गरे।
उनले दार्जिलिङ हिमालयन रेलवेको आयोजनामा खरसाङमा चलिरहेको समर फेस्टिभल अन्तर्गत ध्रुमा फिल्म फेस्टिभलको दोस्रो दिनको कार्यक्रममा सहभागी हुँदै फिल्म फेस्टिभलमा विभिन्न फिल्महरुको आनन्द लिए। यसावधि खरसाङको रेलवे स्टेशन परिसरमा आयोजित कार्यक्रममा उपस्थित रहे। उनीसितै खरसाङका विधायक सोनाम लामा, दार्जिलिङ हिमालयन रेलवेका निर्देशक रिसभ चौधरी लगायत अन्यहरु उपस्थित रहेका थिए।
यस कार्यक्रमपछि मन्त्री दिलिप घोष लगायत अन्यले ट्रोय ट्रेनमा पनि फिल्मको आनन्द लिएका थिए। उनी खरसाङबाट ट्रोय ट्रेनको यात्रा गर्दै टुंगसम्म गए। यस कार्यक्रमपछि पत्रकारहरुलाई सम्बोधन गर्दै मन्त्री दिलिप घोषले सरकार गठन भएको एक महिना मात्र भएको र सरकारले पञ्चायत व्यवस्थामा धेरै विकास गर्ने साथै पहाडको विकासको लागि काम गर्ने पनि बताए।
हिन्दुस्थान समाचार / हनोक