भुजेल संगठनको आयोजनामा खरसाङमा शिक्षा सम्वर्द्धना, प्रदिपकुमार खवासद्वारा लिखित पुस्तकको विमोचन
भुजेल संगठनको आयोजनामा खरसाङमा शिक्षा सम्वर्ध्दना एंव प्रदिपकुमार खवासद्वारा लिखित पुस्तकको विमोचन


खरसाङ, 13 जून (हि.स.)। भुजेल सांस्कृतिक एवं कल्याण संगठनको आयोजनामा खरसाङमा शिक्षा सम्वर्द्धना कार्यक्रम 2026 एवं प्रदिपकुमार खवासद्वारा लिखित 'भुजेल जातिको पृथकीकरण र यसका अवयवा' नामक पुस्तकको लोकार्पण कार्यक्रम सम्पन्न गरिएको छ। खरसाङको गोर्खा जनपुस्तकालय भवनमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता संगठनको सभापति प्रदिप खवासले गरेका थिए भने प्रमुख अतिथिको रुपमा खरसाङका विधायक सोनाम लामा उपस्थित रहेका थिए।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा समाजसेवी बिक्रम राई, सुनिल प्रधान, साहित्यकारहरु क्रमैले डिकु मुखिया, साजन मोक्तान, राजेन खवास 'प्रयासी', नेपालबाट आएका नारायण थापा लगायत अन्यहरु उपस्थित रहेका थिए।

कार्यक्रममा माध्यमिक, उच्च माध्यमिक, आईसीएससी, आईएसई, सीबीएससी अब्बल दर्जामा उत्तीर्ण भुजेल जातिका विद्यार्थीहरुलाई सम्बर्ध्दना जनाइयो। कार्यक्रममा प्रदिपकुमार खवासद्वारा लिखित 'भुजेल जातिको पृथकीकरण र यसका अवयवा' नामक पुस्तकको सभाध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथिहरु र लेखकलो बाहुलीबाट लोकार्पण गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित खरसाङका विधायक सोनाम लामाले आफ्नो सम्बोधनमा जाति र विकासको लागि सबै जात गोष्ठीलाई लिएर अघि बढ्नुपर्छ र सबैलाई एकबद्ध बनाएर अघि बढ्नुपर्छ भनी बताए। उनले आफ्नो सम्बोधनमा भने, प्रदिप खवासले भुजेल जातिको लागि राम्रो काम गर्नु भएको छ। म जातिको विकास बोर्डलाई लिएर नकारात्मक र सकारात्मक कुरामा केवल सकारात्मक कुरालाई मात्र लिएर अघि बढ्न चाहन्छु। अहिले मैले अचानक खरसाङको ठूलो जिम्मेवारी पाएको छु। म मेरोमा कममा सय प्रतिशत दिन चाहन्छु।'

विधायक सोनाम लामाले अघि भने, 'हामी विभिन्न जात गोष्ठीमा भए पनि हामी एउटा सिंगो गोर्खा हौं। हामी भारतमा अल्पसंख्यक रुपमा छौं र भारतमा गोर्खा जातिको पहिचान र परिचयको लागि संघर्षरत् छौं। यसको लागि सबै एकसाथ अघि बढ्नुपर्छ।'

कार्यक्रममा विशिष्ट अतिथिहरु समाजसेवी बिक्रम राई, नेवार विकास बोर्डका पूर्व चेयरम्यान सुनिल प्रधानले पनि वक्तव्य राखेका थिए। कार्यक्रममा प्रमुख अतिथि विधायक सोनाम लामा, विशिष्ट अतिथिहरु सबैलाई आयोजक समितिको तर्फबाट सम्मान जनाउँदै खदार्पणसहित स्मृति चिन्ह प्रदान गरिएको थियो।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande