
खरसाङ, 13 जून (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतीय जनता पार्टी (भाजपा) र एनडीएको 12 वर्ष पूरा भएको अवसरमा भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामा र खरसाङका विधायक सोनाम लामाले दार्जिलिङ पहाडका जनतालाई बधाई दिएका छन्।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले, अहिले राज्यमा भाजपाको सरकार छ र केन्द्रका अधिकांश योजनाहरु अब लागू हुनेछ। पहिलेको सरकारले यसलाई लागि गरेको थिएन। बंगाल र पहाडमा जनता केन्द्र सरकारका परियोजनाहरुबाट वञ्चित रहेका थिए।
लामाले अब राज्य र पहाडमा केन्द्र सरकारका विभिन्न परियोजनाहरु लागू हुने र जनता लाभान्वित हुने बताए। उनले भने, 'अब हुने बजेटमा केन्द्रका सबै योजनाहरु राज्य र पहाडका जनताले पाउने छन्। प्रधानमन्त्री आवास योजना चॉंडै शुरु हुँदैछ र प्रधानमन्त्री नरेन्द्र मोदीको सबका साथ सबका विकास पहाडमा लागू हुनेछ। हामी पहाडमा कुनै जात, धर्म र पार्टी नहेरी गरीब र निमुखा जनताको सर्वाङ्गीण विकासको लागि काम गर्ने छौं।
खरसाङका विधायक सोनाम लामाले भने, केन्द्रमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतीय जनता पार्टीको सरकारले 12 वर्ष पूरा गरेको छ। यसपाली राज्यको पहिलो बचेटमा धेरै आशा छ। यस बजेटको लागि हामीले हाम्रो क्षेत्रको लागि धेरै कुराहरु बजेटमा हाल्न सुझाउ दिएका छौं। हाम्रो प्रशासनिक तौरमा सभा गरिरहेका छौं। हामीले पहाडको स्वास्थ्य, शिक्षा, ट्राफिक, पर्यटन लगायत विभिन्न विषयहरुमा सुझाउ दिइसकेका छौं।'
हिन्दुस्थान समाचार / हनोक