भारतबाट वीरगञ्ज नाका हुँदै १० महिनामा २0७९ करोड़भन्दा बढी मूल्यको खाद्यान्न आयात
वीरगञ्ज नाका


काठमाडौँ, 03 जून (हि.स.)। नेपालको प्रमुख व्यापारिक प्रवेशद्वार वीरगञ्ज हुँदै भारतबाट विगत १० महिनामा २0७९ करोड़ रुपियाँभन्दा बढी मूल्यको खाद्यान्न आयात गरिएको छ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह बिष्टका अनुसार, गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा खाद्यान्न आयातको मूल्यमा ३८७ करोड़ रुपियाँ अर्थात् करिब १५ प्रतिशतले कमी आएको छ। गत आर्थिक वर्षको पहिलो १० महिनामा यही नाकाबाट १६ प्रकारका खाद्यान्नहरू कुल २४६६ करोड़ रुपियाँ मूल्य बराबर आयात भएका थिए।

चालु आर्थिक वर्षमा सबैभन्दा बढी १0९४ करोड़ रुपियाँ मूल्यको धान आयात गरिएको छ। त्यसबाहेक ५३१ करोड़ रुपियाँ मूल्यको मकै तथा २८५ करोड़ रुपियाँ मूल्यको चामल नेपाल भित्रिएको छ।

यसै अवधिमा ५९ करोड़ रुपीयाँ मूल्यको माल्ट (अंकुरित अन्न) तथा ३३ करोड़ रुपियाँ मूल्यका फापर, कोदो र अन्य खाद्यान्नहरू पनि आयात गरिएको छ।

तथ्यांकअनुसार, वीरगञ्ज नाका हुँदै हुने खाद्यान्न आयातमा केही गिरावट देखिए पनि धान, मकै र चामलले अझै पनि नेपालको खाद्यान्न आयातमा प्रमुख हिस्सा ओगटिरहेका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande