'आदर्श बाल विद्यालय' को ट्रेलर सार्वजनिक
आदर्श बाल विद्यालय - फोटो सोर्स एक्स


प्राइम भिडियोको आगामी कमेडी-ड्रामा शृङ्खला 'आदर्श बाल विद्यालय' को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा एउटा सरकारी विद्यालयको रोचक र भावनात्मक कथा प्रस्तुत गरिएको छ, जहाँ हास्य, चुनौती र प्रेरणाको उत्कृष्ट संयोजन देख्न सकिन्छ। शृङ्खलामा अभिनेता केके मेननले ज्ञानेश्वर त्रिपाठी नामका हँसिला र उत्साही प्रधानाध्यापकको भूमिका निभाएका छन्, जसले आफ्नो विद्यालयको स्वरूप परिवर्तन गर्ने सपना देख्छन्।

ट्रेलरमा दिल्लीका उत्कृष्ट प्रधानाध्यापकहरूका लागि आयोजना गरिएको क्याम्ब्रिज प्रशिक्षण कार्यक्रमबारे जानकारी पाएपछि ज्ञानेश्वर त्रिपाठीले आफ्नो जीर्ण सरकारी विद्यालयलाई नयाँ रूप दिने अठोट गरेको देखाइएको छ। त्यसपछि विद्यालयमा हुने रमाइला घटना, विद्यार्थीहरूको शरारत र भावनात्मक क्षणहरूले कथालाई अझ आकर्षक बनाएका छन्।

सात एपिसोड रहेको यो शृङ्खला जुलाई २४ देखि प्राइम भिडियोमा स्ट्रिमिङ हुनेछ। यसको निर्देशन हिमांक गौरले गरेका छन् भने कथा बिस्वपति सरकार र अक्षय अस्थानाले लेखेका हुन्। निर्देशकका अनुसार शृङ्खलाको कथा विद्यालय जीवनका वास्तविक सम्झना र अनुभवबाट प्रेरित भएकाले दर्शकहरूले यससँग सहज रूपमा आत्मीयता महसुस गर्नेछन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande