
हावड़ा, 16 जुलाई (हि.स.)। पश्चिम बङ्गालकोहावड़ा जिल्ला अन्तर्गतआँदुल क्षेत्रमा गएबुधवार राती दशौं कक्षाकी छात्राको कथित प्रेम सम्बन्धमा विवाद भएको कारणले चक्कु रोपी हत्या गरियो।गम्भीर रूपमा घाइते छात्राको अस्पतालमा उपचारको क्रममा मृत्यु भयो। घटनापछि आक्रोशित स्थानीय मानिसहरूले आरोपी युवकलाई समातेर मरूञ्जेल कुटे।
पुलिसअनुसारघटना आँदुलकोखटिर बजार-चाँदनीबगानक्षेत्रमा भएको हो। प्रारम्भिक जाँचमा थाहा लागेको छ, 27 वर्षीय आरोपी समीर दास र छात्रा आपस्तमा परिचित थिए। यी दुईबीच प्रेम सम्बन्धलाई लिएर विवाद भइरहेको थियो। पुलिसको आशङ्कामा सम्बन्धमा तनाउ तथा कथित दबावको कारणले आरोपीले छात्रामाथि हमला गरेको हुनसक्छ।
प्रत्यक्षदर्शीहरूमुताविकगए बुधवारसाँझसड़कमा यी दुईमाझ भनाबैरी भइरहँदा आरोपीले खल्तीबाट चक्कु निकालेर थात्रामाथि हमला गऱ्यो।गम्भीर रूपमा घाइते छात्रालाई हतार-हतार हावड़ा जिल्ला अस्पतालमा लगियो जहाँ केही घण्टासम्म जीवनको लागि सङ्घर्ष गरेपछि उसको मृत्यु भयो।
आंँखाको अगाड़ि यस किसिमको घटनाभएको देखेर स्थानीय मानिसहरू आक्रोशित भए। उनीहरूले आरोपीलाई घटनास्थलमै समातेर कुट्न शुरू गरे। आरोपीलाई घाइते अवस्थामाडोमजुड़ ग्रामीण अस्पतालमा भर्ती गरियो।
मृत छात्रा आँदुलकोदक्षिण महियाड़ी चाँदनी बगान क्षेत्रकीथिई भने आरोपी समीर दास मूल रूपमा बीरभूम जिल्लाको मयूरेश्वर निवासी हो जसले हावड़ाको जालान कम्प्लेक्समा काम गर्दै आएको छ। पुलिसअनुसार यसै अवधि उसको छात्रासित पहिचान भएको थियो।
घटनाकोसूचनापाउनसाथडोमजुड़ थाना औहावड़ा सिटी पुलिसकावरिष्ठ अधिकारीघटनास्थलमा पुगे। पुलिसले मामिला दर्ता गरी जाँच शुरू गरेको छ। आरोपीको उपचार पुलिसको निगरानीमा भइरहेको छ। स्वस्थ भएपछि मात्र उसित विस्तृत जाँच गरिनेछ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा