आगलागीमा घर जलेर स्वाहा, लाखौंको नोक्सान
आगलागीमा घर जलेर स्वाहा, लाखौंको नोक्सान


बजाली (असम) 16 जुलाई (हि.स.)। बजाली जिल्लाको सरूपेटा क्षेत्रमा बितेको राती भएको आगलागीको घटनामा एकजना व्यक्तिको घर पूर्ण रूपले जलेर नष्ट भएको छ। पुलिसले बिहीवार बतायो, सरूपेटाको अजासन्तर गाउँमा आगो लागेको जानकारी पाउनसाथ पुलिस र अग्निशन विभागका टीमहरूले पुगेर आगोलाई निभाउने अभियान शुरू गरे।

आगलागीमा अजीत पाठक नामक व्यक्तिको घर पूर्ण रूपले जलेर खरानी भयो। यस घटनामा एउटा पशुको पनि जलेर मृत्यु भएको छ।यस भयानक आगलागीमा घरभित्र राखिएका सबै खाद्यान्न जलेर नष्ट भएको छ। तथापि आगो कसरी लाग्यो, अहिलेसम्म जानकारी प्राप्त भएको छैन। पुलिसले आशङ्का व्यक्त गरेको छ, शर्ट सर्किट वा झिल्काले आगो फैलिएको हुनसक्छ। पुलिसले घटनाको सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande