मणिपुरमा ड्रग्स तस्कर, उग्रवादी आदिको पक्राउ, हतियार अनि मादक पदार्थ जफत
मणिपुरमा ड्रग्स तस्कर, उग्रवादी आदिको पक्राउ, हतियार अनि मादक पदार्थ जफत


इम्फाल, 16 जुलाई (हि.स.)। मणिपुरमा बितेको 24 घण्टामा सञ्चालित अलग-अलग अभियानहरूमा सुरक्षा बल र मणिपुर पुलिसले एकजना कथित ड्रग्स तस्कर, एकजना उग्रवादी लगायत अन्य केही मानिसहरूलाई पक्राउ गऱ्यो। अभियानको क्रममा भारी मात्रामा हतियार, गोला-बारूद, मादक पदार्थ औ नगद पनि जफत गरिएको छ।

आज दिइएको आधिकारिक जानकारी अनुसार थौबल जिल्लामा सुरक्षा बलहरूले ड्रग्स तस्कर सैयद अनिश शाह उपनाम लिरङ्ग (46)-लाई उसको घरबाटै पक्राउ गरे। खानतलासीमा 144 एसपी क्याप्सुल र 16.43 लाख रुपियाँ नगद जसलाई मादक पदार्थहरूको तस्करीबाट अर्जित रकम मानिँदैछ, जफत गरियो।

इम्फाल पश्चिम जिल्लामा लोकतक झीलको छेउमा इशोक ममाङ्ग लिकाई क्षेत्रबाट सुरक्षा बलहरूले केही संशोधित राइफल, एम-2 कार्बाइन, 9 एमएम पिस्तोल तथा 26 वटा जीवित कारतुस जफत गरे।

यसरी नै जिरीबाम जिल्लाको मोङ्गबुङ्ग गाउँ निकट जङ्गल क्षेत्रमा सञ्चालित अभियानमा पम्पी गन, देशी पिस्तोल, ह्याण्ड ग्रेनेड, 12 बोर बन्दुक, 331 जीवित कारतुस, मोर्टार शेल, विभिन्न हतियारहरूको म्यागजिन औ सैन्य सामग्री जफत गरियो। यसै अवधि सुरक्षा बलहरूले इम्फाल पूर्व जिल्लाबाट केसीपी-एमसी (प्रोग्रेसिभ)- का सक्रिय उग्रवादी नगाथेम भीमोजीत सिंह उपनाम भीमो (38)-लाई पक्राउ गरे।

मणिपुर पुलिसले इम्फाल पूर्व जिल्लाको खुराई क्षेत्रबाट दुई जना मानिसहरूलाई पक्राउ गरी उनीहरूबाट एउटा .38 पिस्तोल, दुई वटा म्यागजिन र 11 वटा जीवित कारतुस जफत गऱ्यो।

थौबल जिल्लामा सञ्चालित अभियानमा पुलिसले असेम सोमान्दा सिंह (46) -लाई पक्राउ गरी उसको कब्जाबाट स्याम्पलेक्स प्लस, स्पास्ज प्लस औ टसऱ्याक्स-टीआरको ठूलो खेप जफत गऱ्यो।

उखरूल जिल्लाको टीएम कासोम र सिकिबुंग गाउँहरूमा पनि अभियान सञ्चालन गरी चार जना मानिसहरूलाई पक्राउ गरियो भने उनीहरूबाट दुई वटा एसबीबीएल बन्दुक, जीवित कारतुस औ एउटा वायरलेस सञ्चार सेट जफत गरियो।

एक अन्य कारबाहीमा उखरूल टाउनबाट एचए सोचिपेम (27)-लाई पोक्सो अधिनियम अन्तर्गत दर्ता मामिलामा पक्राउ गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande