धुबड़ी-गौरीपुर डेभलपमेन्ट अथोरिटीले पायो नयाँ अफिस बिल्डिङ्ग
धुबड़ी-गौरीपुर डेभलपमेन्ट अथोरिटीले पायो नयाँ अफिस बिल्डिङ्ग


- मन्त्रीले अवैध कब्जाविरूद्ध करबाही गर्ने वाचा गरे

धुबड़ी, 13 अगस्त (हि.स.)। असमका क्याबिनेट मन्त्री औ धुबड़ी जिल्लाका प्रभारी मन्त्री अशोक सिङ्घलले बिहीवार जिल्लामा केही सरकारी कार्यक्रम अन्तर्गत धुबड़ी-गौरीपुर डेभलपमेन्ट अथोरिटीको नवनिर्मित अफिस बिल्डिङ्गको उद्घाटन गरे।

उद्घाटन समारोहमा क्याबिनेट मन्त्री अश्विनी राय सरकारसँगसँगै वरिष्ठ अधिकारी, स्थानीय प्रतिनिधि औ समुदायका मानिसहरू उपस्थित थिए।

समारोहलाई सम्बोधन गर्दै मन्त्री सिङ्घलले अवैध गतिविधि तथा अवैध कब्जाप्रति राज्य सरकारको जीरो टरलेन्स नीतिलाई दोहोऱ्याए। उनले भने, भविष्यमा जिल्लामा कृत्रिम बाढ़ीलाई रोक्नको लागि उचित प्रक्रियालाई पालन गर्दै ड्रेनेज र पानी निकासी हुने स्थानहरूबाट अवैध कब्जालाई हटाइनेछ।

सिङ्घलले भने, मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाको नेतृत्वमा सरकारले राज्यभरि नै प्रशासनिक कामकाजमाथि नजिकबाट नजर राखिरहेको छ भने पारदर्शिता, कानून-व्यवस्था तथा कुशल गवर्नेन्समाथि बल दिरहेको छ। मन्त्रीको दौड़ाहमा धुबड़ी जिल्लामा भइरहेको विकास तथा प्रशासनिक कामहरूको समीक्षा पनि सामेल थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande