
जलपाइगढ़ी, 13 अगस्त (हि.स.)। स्वतन्त्रता दिवसलाई मध्यनजर गर्दै जिल्लाको राजगञ्ज ब्लक अन्तर्गत आमबाड़ी क्षेत्रमा भाजपा युवा मोर्चाद्वारा बिहीवार ‘तिरङ्गा यात्रा’ निकालियो। आमबाड़ीको अञ्चल मोड़बाट शुरू भएको यस यात्रामा सहभागी भाजपा कार्यकर्ता औ समर्थकहरू हात-हातमा तिरङ्गा झण्डा बोकेर केही किलोमीटरसम्म पैदल हिँड़े।
‘हर घर तिरङ्गा’ अभियान अन्तर्गत आमबाड़ीमा भाजपाद्वारा मानिसहरू तथा पार्टी कार्यकर्ताहरूमाझ राष्ट्रिय झण्डा वितरण पनि गरियो। भाजपा अनुसार स्वतन्त्रता दिवसको अवसरमा देशभरि नै गत 9 अगस्तदेखि 17 अगस्तसम्म ‘हर घर तिरङ्गा’ अभियान सञ्चालन गरिँदैछ। यसै अभियान अन्तर्गत आमबाडीमा तिरङ्गा यात्रा औ राष्ट्रिय ध्वज वितरण कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा राजगञ्ज भाजपा उत्तर मण्डल अध्यक्ष अर्जुन मण्डल, किसान मोर्चाका जिल्ला अध्यक्ष नकुल दास सहित केही भाजपा नेता एवं कार्यकर्ताहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा