एकदिने 'एकीकृत सञ्चार तथा पहुँच कार्यक्रम' सम्पन्न
एकदिने 'एकीकृत सञ्चार तथा पहुँच कार्यक्रम' सम्पन्न


गान्तोक, 13 अगस्त (हि.स.)। केन्द्रिय सञ्चार ब्युरो र पत्र सूचना कार्यालय, गान्तोकले बिहीबार, १३ अगस्त २०२६ को दिन गान्तोकस्थित 'पीएम श्री बोजोघारी सिनियर सेकेन्डरी स्कूल' मा एकदिने 'एकीकृत सञ्चार तथा पहुँच कार्यक्रम' (आईसीओपी) आयोजन गर्‍यो। 'हर घर तिरङ्गा' अभियान र आगामी स्वतन्त्रता दिवसका बारेमा जनचेतना जगाउने उद्देश्यले आयोजित यस कार्यक्रममा विभिन्न विषयमा चर्चा, विशेषज्ञहरूको मन्तव्य, तत्काल वक्तृत्वकला र खुला प्रश्नोत्तर प्रतियोगिता समावेश थिए। उक्त जानकारी आज पीआईबीले दिएको छ।

कार्यक्रममा प्रेस क्लब अफ् सिक्किमका अध्यक्ष समीर हाङ लिम्बू मुख्य अतिथिका रूपमा उपस्थित थिए भने विद्यालयका प्राचार्य शरद पौड्याल र उपाचार्य अर्जुन कुमार नेपाल विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande