प्रधानमन्त्री मोदी ‘सदैव अटल’ पुगे, पूर्व प्रधानमन्त्री वाजपेयीप्रति श्रद्धाञ्जली अर्पण गरे, भाजपा, राजनाथ र शाहले पनि सम्झिए
प्रधानमंत्री नरेन्द्र मोदी की एक्स पोस्ट पर साझा तस्वीर।


नयाँ दिल्ली, १६ अगस्त (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी आज बिहान पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको समाधिस्थल ‘सदैव अटल’ पुगे। उनले वाजपेयीको पुण्यतिथिका अवसरमा श्रद्धाञ्जली अर्पण गर्दै उनलाई नमन गरेका छन्।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा तस्वीर साझा गर्दै लेखेका छन्, “आज बिहान ‘सदैव अटल’ पुगेर अटलजीलाई श्रद्धाञ्जली अर्पण गरेँ। भारतको प्रगतिमा उहाँको योगदान अतुलनीय छ।”

यसअघि पनि मोदीले एक्समार्फत वाजपेयीलाई स्मरण गर्दै भनेका थिए, “उहाँ एक असाधारण राजनेता हुनुहुन्थ्यो। उहाँको दूरदृष्टि अद्वितीय थियो र उहाँले आफ्नो सम्पूर्ण जीवन राष्ट्रसेवामा समर्पित गर्नुभयो।” प्रधानमन्त्रीले वाजपेयीका विचार र प्रयासहरूले पुस्तौँलाई प्रेरित गरेको तथा उनको नेतृत्वले देशलाई अझ सशक्त बनाएको उल्लेख गरेका छन्।

अटल बिहारी वाजपेयीको जन्म २५ दिसम्बर, १९२४ मा मध्य प्रदेशको ग्वालियरमा भएको थियो। उनको १६ अगस्त, २०१८ मा नयाँ दिल्लीमा निधन भएको थियो। उनी भारतीय जनता पार्टी (भाजपा) बाट प्रधानमन्त्री बन्ने पहिलो नेता थिए। मोदीले सुशासन र जनकल्याणप्रति वाजपेयीको जोडले सधैँ मार्गदर्शन गरिरहने बताएका छन्।

भारतीय जनता पार्टी (भाजपा) ले पनि आफ्नो आधिकारिक एक्स ह्यान्डलमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै लेखेको छ, “भारतीय राजनीतिका युगपुरुष, असंख्य भाजपा कार्यकर्ताका मार्गदर्शक तथा प्रेरणास्रोत, पूर्व प्रधानमन्त्री एवं भारत रत्न श्रद्धेय अटल बिहारी वाजपेयीजीको पुण्यतिथिमा विनम्र श्रद्धाञ्जली।”

रक्षामन्त्री राजनाथ सिंहले वाजपेयीले जीवनभर “राष्ट्र प्रथम, सधैँ प्रथम” को भावनासहित काम गरेको बताएका छन्। उनका अनुसार, वाजपेयीका लागि राजनीतिको मूल उद्देश्य राष्ट्रहित र जनसेवा थियो। उनको नेतृत्वमा भारतले सामरिक शक्ति, आर्थिक विकास र पूर्वाधार निर्माणका क्षेत्रमा नयाँ उचाई हासिल गरेको थियो। राजनाथले वाजपेयीको व्यक्तित्व, आदर्श र राष्ट्रसेवाप्रतिको समर्पणले सधैँ प्रेरणा दिइरहने बताएका छन्।

केन्द्रिय गृहमन्त्री तथा सहकारितामन्त्री अमित शाहले पनि वाजपेयीलाई श्रद्धाञ्जली अर्पण गर्दै एक्समा लेखेका छन्, “पूर्व प्रधानमन्त्री तथा भाजपा संस्थापक भारत रत्न अटल बिहारी वाजपेयीको पुण्यतिथिमा उहाँलाई नमन गर्दछु। उहाँ एक सच्चा राष्ट्रभक्त नेता हुनुहुन्थ्यो, जसले आफ्नो जीवनको प्रत्येक क्षण देशसेवामा समर्पित गर्नुभयो।”

शाहले वाजपेयीको नेतृत्वमा भएको परमाणु परीक्षण र कारगिल युद्धले विश्वसामु भारतको शक्ति प्रस्तुत गरेको उल्लेख गर्दै मूल्यमा आधारित राजनीतिमार्फत अन्त्योदय र सुशासनको अवधारणालाई व्यवहारमा उतार्न सफल भएको बताएका छन्। उनले वाजपेयीको विशाल व्यक्तित्व र नेतृत्वले भाजपा कार्यकर्ताहरूलाई राष्ट्र निर्माणका लागि सधैँ प्रेरित गरिरहने विश्वास व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande