
खरसाङ, 19 अगस्त (हि.स.)। हिल प्लान्टेशन इम्प्लोइज युनियनको प्रतिनिधि टोलीले कलकत्तामा श्रम विभागको अफिस न्यू सेक्रीटेरियट बिल्डिङमा स्पेसल लेबर कमिशनर कल्लोल ब्यानर्जीमार्फत श्रममन्त्री अर्जुन सिंहलाई ज्ञापन पत्र बुझाएको छ।
उक्त ज्ञापन पत्रमा विशेष गरी चिया उद्योगमा देशको कानुन, भारतीय श्रम सम्मेलनको सुझाउ, उच्चतम अदालतको फैसला, हाईकोर्टको आदेश अनि महंगाईलाई मध्यनजर राख्दै न्यूनतम ज्याला तय अनि लागू गर्न अनि जसको जति जमिन छ त्यतिनै जमिनको पर्जापट्टा दिनुपर्ने बारे माग गरिएको छ।यसबाहेक विशेष गरेर लङ्भ्यू कमानमा भइरहेको जमिनी भ्रष्टाचारको अन्त्य, फ्याक्ट्री सञ्चालन साथै पारदर्शी सञ्चालनबारे माग गरिएको छ।
हिन्दुस्थान समाचार / हनोक