
सिलगढ़ी, 20 अगस्त (हि.स.)। तारापीठ र न्यूटाउनमा भएको होटल अग्निकाण्डमा 18 जना मानिसहरूको मृत्यु भएपछि सारा पश्चिम बङ्गाल राज्यभरि नै होटल अनि रेस्टोराँहरूको सुरक्षा व्यवस्थालाई लिएर प्रशासन सक्रिय भएको छ। यसै क्रममा सिलगढ़ीका होटल, रेस्टोराँ, लज, शपिङ्ग मल तथा अन्य व्यवसायिक प्रतिष्ठानहरूको सुरक्षा व्यवस्थाको जाँच गर्न शुरू गरिएको छ।
बिहीवार राज्यका पर्यटन मन्त्री औ सिलगढ़ीका विधायक शङ्कर घोषले दमकल अधिकारीहरू तथा सिलगढ़ी नगरनिगमका कमिश्नरको साथमा शहरको स्टेशन फीडर रोड (एसएफ)- स्थित केही होटल र रेस्तराँहरूको निरीक्षण गरे। यस अवधि फायर लाइसेन्स, अग्निशमन यन्त्र, आपातकालीन निकास, सुरक्षा उपकरण औ अग्नि सुरक्षा नियमहरूको पालन आदिको जाँच गरियो।
निरीक्षण पश्चात मन्त्री शङ्कर घोषले बताए, आगामी एक महिनाभित्रमा शहरका विभिन्न होटल, रेस्तराँ, लज, शपिङ्ग मल औ अन्य व्यावसायिक प्रतिष्ठानहरूमा संयुक्त सुरक्षा जांच अभियान सञ्चालन गरिनेछ। यस अवधि कागजपत्र वा लाइसेन्समा कुनै अभाव पाइए त्यसलाई सुधार्नको लागि एक महिनाको समय दिइनेछ।
तथापि फायर लाइसेन्स नभएका तथा गम्भीर सुरक्षा अनियमितता रहेको पाइए सम्बन्धित प्रतिष्ठानहरूलाई लाइसेन्स प्राप्त नहुञ्जेलसम्मको लागि अस्थायी रूपमा बन्द गरिनेछ। मन्त्रीले स्पष्ट पारे, अभियानको उद्देश्य व्यवसायीहरूलाई समस्यामा पार्नको लागि होइन जबकि आम मानिसहरूको सुरक्षा सुनिश्चित गर्नु हो।उनले भने, भविष्यमा कुनै पनि प्रकारको दुर्घटनालाई रोक्नको लागि सबै व्यावसायिक प्रतिष्ठानहरूले अग्नि सुरक्षा नियमहरूलाई कड़ाई पूर्वक पालन गर्नुपर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा