मन्त्री मालती रावा रायको घर अगाड़ि महिलाहरूको प्रदर्शन
मन्त्री मालती रावा रायको घर अगाड़ि महिलाहरूको प्रदर्शन


कुचबिहार, 20 अगस्त (हि.स.)। अन्नपूर्ण योजनाको राशि अहिलेसम्म नपाएको आरोप लगाउँदै महिलाहरूले बिहीवार महिला एवं बाल कल्याण विभागकी राज्य मन्त्री मालती रावा रायको घर अगाड़ि प्रदर्शन गरे। कुचबिहार शहरको हरेन्द्र नारायण रोडस्थित मन्त्रीको आवास बाहिर लगभग सय जना महिलाहरूले भेला भएर विरोध गर्न शुरू गरे।

प्रदर्शनकारी महिलाहरूले आरोप लगाए, उनीहरूले अनलाइन र अफलाइन दुवै माध्यमबाट अन्नपूर्ण योजनाको लागि आवेदन गरेका थिए। त्यसपछि कैयौं पटक उनीहरूको सर्वे गरियो, तर अहिलेसम्म उनीहरूलाई योजनाको राशि प्राप्त भएको छैन।

महिलालाहरूको भनाइ छ, यस समस्यालाई लिएर उनीहरूले धेरै वटा ठाउँमा सिकायत गरिसकेको भए पनि कुन समाधान हुन सकेको छन। अन्ततः उनीहरूले मन्त्रीको घर अगाड़ि प्रदर्शन गर्ने फसेला लिएका हुन्। स्थितिलाई नियन्त्रण गर्नको लागि कोतवाली थानाको पुलिस बललाई ठूलो सङ्ख्यामा मन्त्रीको आवास बाहिर तैनाथ गरियो। प्रदर्शनको कारणले स्थिति तनाउपूर्ण भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande