
कोलकाता, 20 अगस्त (हि.स.)। पश्चिम बङ्गालमा लगातार आइरहेका आगलागीका घटनाहरूबीच बिहीवार बिहान फेरि बारासात मेडिकल कलेज एवं अस्पतालको छात्रावासमा आगो लागेको सूचना प्राप्त भएको छ। घटनाको कारणले छात्रावास परिसरमा कोकोहोलो मचियो। छात्रावासको एउटा कोठाबाट अचानक धुँवा निक्लिरहेको देखेर त्यहाँ बस्ने छात्राहरू भयभित भए। तत्काल दमकल विभागलाई सूचित गरियो। त्यसपछि दमकलको एउटा वाहनले घटनास्थलमा पुगेर आगोलाई नियन्त्रण गऱ्यो। राहतको कुरा के छ भने यस घटनामा कुनै पनि प्रकारको जनहानि भएन।
अस्पताल प्रबन्धन अनुसार बिहान लगभग 8 बजे एनटीएस भवनमा छात्राहरूको कोठाबाट धुँवा निक्लिरहेको देखियो। सूचना पाउनसाथ अस्पतालको बिजुली विभागीय टीम र दमकल विभागलाई जानकारी दिइयो। अस्पताल प्रशासनको तत्परता र दमकल कर्मीहरूले द्रूत गतिमा काम गरेका कारण आगोलाई 10-15 मिनटभित्रमा नियन्त्रण गरियो।
दमकल विभाग अनुसार आगलागीमा कोठाका केही फर्नीचर, कपड़ा लगायत आवश्यक दस्तावेजहरू नष्ट भएका छन्। तथापि आगोलाई द्रूत गतिमा फैलिनअघि नै नियन्त्रण गरिएको कारणले ठूलो दुर्घटना हुनदेखि बच्यो।
प्रारम्भिक जाँचमा आलगाकीको कारण बिजुलीको तारमा भएको शर्क सर्किटलाई मानिँदैछ।तथापि दमकल र अस्पताल प्रशासनले वास्तविक कारण पत्तो लगाउनको लागि जाँच गरिरहेको छ।
अस्पतालकी उपअधीक्षक निवेदिता मिश्राले बताइन्, बिहान लगभग 8 बजे छात्राहरूको एउटा कोठाबाट धुँवा निक्लिरहेको देखियो। त्यसपछि तुरून्तै बिजुली विभाग र दमकललाईसूचना दिइयो। लगभग 10-15 मिनटमा आगोलाई पूर्ण रूपले नियन्त्रित गरियो। हाल स्थिति सामान्य छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा