लाल किल्लामा ‘दिल्लीलाई फोहोरदेखि स्वतन्त्र’ अभियान अन्तर्गत विशेष स्वच्छता अभियान
लाल किल्लामा ‘दिल्लीलाई फोहोरदेखि स्वतन्त्र’ अभियान अन्तर्गत विशेष स्वच्छता अभियान


नयाँ दिल्ली, 20 अगस्त (हि.स.)। दिल्ली नगरनिगम (एमसीडी)-को ‘दिल्लीलाई फोहोरदेखि स्वतन्त्र’ अभियानको क्रममा पुरानो दिल्ली जोनको जोनल टीमद्वारा लाल किल्ला परिसर एवं वरपरका क्षेत्रहरूमा विशेष पोस्ट-इभेन्ट स्वच्छता एवं सफाई अभियान सञ्चालन गरियो। यो अभियान जोन अध्यक्ष उषा शर्मा एवं क्षेत्रीय पार्षद, सुमन गुप्ताको उपस्थितिमा सञ्चालन गरियो। यस अवसरमा उपायुक्त कनिका पनि उपस्थित थिइन्।

स्वतन्त्रता दिवस समारोहको सफल आयोजन उपरान्त लाल किल्ला सहित यस वरपरका क्षेत्रहरूमा स्वच्छता व्यवस्थालाई कायम राख्नको लागि निगमको टीमले विशेष रूपमा सफाई कार्य गरिरहेको छ। अभियान अन्तर्गत कार्यक्रम स्थलमा थुप्रिएका मैला-कुचैलाहरूलाई तह लगाउने, सड़क एवं वरपरको सफाई तथा सार्वजनिक स्थानहरूलाई स्वच्छ एवं व्यवस्थित बनाइराख्नेमाथि विशेष ध्यान दिइयो।

एमसीडीको स्वच्छता टीमद्वारा आयोजन स्थल एवं वरपरका क्षेत्रहरूमा निरन्तर निगरानी राख्दै आवश्यकतानुसार सफाई कार्य सुनिश्चित गरिँदैछ ताकि समारोहपछि पनि क्षेत्रको स्वच्छता अनि सौन्दर्य व्यवस्थित रहिरहोस्।

एमसीडीले नागरिकहरूसित अपील गरेको छ, उनीहरूले कुनै पनि सार्वजनिक स्थलहरूमा मैला नफालुन्, निर्धारित स्थानहरूमै फालुन् तथा दिल्लीलाई स्वच्छ र फोहोर मुक्त बनाउने अभियानमा सक्रिय रूपमा सहभागी बनुन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande