
नयाँ दिल्ली, 19 अगस्त (हि.स.)। राष्ट्रिय मानव अधिकार आयोग (एनएचआरसी) ले यहाँ मुनिरका क्षेत्रमा मणिपुरका दुई जनासित कथित कुटपिट गरेकोमा स्वतः संज्ञान लिएको छ। आक्रमणमा एक जनाको टाउकोमा गम्भीर चोट लागेको छ र उनलाई अस्पतालमा भेन्टिलेटरमा राखिएको छ।
एनएचआरसीले भन्यो, 14 अगस्तमा प्रकाशित मीडिया रिपोर्टहरूले दुई व्यक्तिलाई एक सानो झगड़ापछि दुई व्यक्तिले कथित रूपमा आक्रमण गरे। घटना दिल्लीको मुनिरका क्षेत्रबाट रिपोर्ट गरिएको छ। आयोगले यसलाई गम्भीर विषयका रूपमा लिएर कारबाही गरेको छ।
आयोगले मीडिया रिपोर्टमा यी सबै जानकारी दिइएको बताएको छ। यदि यी मीडिया रिपोर्टहरू सत्य हुन् भने यो मानव अधिकारको घोर उल्लङ्घनको मामला हो। एनएचआरसीले दिल्ली पुलिस आयुक्तलाई नोटिस जारी गरी दुई हप्ताभित्र विस्तृत प्रतिवेदन मागेको छ।
आयोगले घटनामा गरिएको अनुसन्धान र घाइते व्यक्तिको हालको स्वास्थ्य अवस्थाबारे जानकारी दिन पनि पुलिसलाई भनेको छ। मुद्दाको गम्भीरतालाई ध्यानमा राख्दै दिल्ली पुलिसबाट विस्तृत प्रतिवेदन माग गरिएको आयोगले जानकारी गराएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी