आवास योजनाको घर बनाउनमा बाधा दिएको आरोप, दृष्टिहीन पिता-पुत्रले एसपी समक्ष मागे गुहार
आवास योजनाको घर बनाउनमा बाधा दिएको आरोप, दृष्टिहीन पिता-पुत्रले एसपी समक्ष मागे गुहार


दक्षिण दिनाजपुर, 20 अगस्त (हि. स.)। आवास योजना अन्तर्गत स्वीकृत घर निर्माणको लागि कथित रूपमा ‘अवैध असुली’ नदिएको कारणले काममा बाधा दिएको आऱोप लगाउँदै दृष्टिहीन पिता-पुत्रले बिहीवार जिल्ला पुलिस अधीक्षकसित मद्दत मागेका छन्। मामिला बालुरघाटको हरिरामपुरस्थित बोड़ा गाउँको हो। बोड़ा निवासी सब्बारक हुसैन र उनका छोरा सोहेब अख्तर दुवै दृष्टिहीन छन्। यो परिवार पछिल्लो लामो समयदेखिकै जर्जर घरमा कठिन परिस्थितिमा बस्दै आइरहेका छन्। प्रशासनद्वारा आवास योजना अन्तर्गत घर स्वीकृ गरिएको छ। तर आरोप छ, एकजन नजिकैको आफन्त तथा स्थानीय तृणमूल नेताले कथित रूपमा घरको निर्माण कार्य शुरू हुन दिरहेको छैैन।

पिता-पुत्रले आरोप लगाएका छन्, उक्त तृणमूल नेताले घर बनाउनको लागि 50 हजार रुपियाँको माग गरेका थिए। यो रुपियाँ नदिइएको कारणले गत 6 महिनादेकिको निर्माण कार्य रोकिएको छ। उनीहरूले यो पनि आरोप लगाएका छन्, घर बनाउने श्रमिकहरू त्यहाँ आउनसाथ उनीहरूलाई लखेटिदिन्छन्। श्रमिकहरूमाथि कुटपिट गरेको आरोप पनि लगाइएको छ। हाल परिवारले भत्किएको भान्सा घर तथा शौचालयको सहारामा यस बर्खाझरीमा जीवन बिताइरहेको छ। स्थानीय स्तरमा समाधान हुन नसकेपछि पिता-पुत्र बिहीवार जिल्ला पुलिस अधीक्षकको कार्यालयमा पुगे जसले चाँड़ोभन्दा चाँड़ो आफ्नो घरको निर्माण कार्य शुरू गरादिइने माग अधीक्षक समक्ष राखेको छ।

पुलिस प्रशासनले मामिलालाई गम्भीर रूपमा लिएर सम्पूर्ण घटनाक्रमको जाँच गर्ने आश्वासन दिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande