
गुवाहाटी/नयाँ दिल्ली, 20 अगस्त (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बिहीवार नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसित भेट गरे। यी दुई नेताहरूमाझ लगभग 45 मिनटसम्म बातचित भयो।
यस बातचितमा मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई असममा आएको विनाशकारी बाढ़ीले पुऱ्याएको व्यापक क्षय-क्षति तथा वर्तमान स्थिति बारे जानकारी दिए। उनले बाढ़ी प्रबावित क्षेत्रहरू र राज्यमा भएको नोक्सान बारे प्रधानमन्त्रीलाई अवगत गराए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा