
गुवाहाटी, 20 अगस्त (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बिहीवार भने, राज्यका विभिन्न मार्गहरू भएर भारत तर्फ छिर्ने प्रयास गरिरहेका 17 जना अवैध अनुप्रवेशकारीहरूलाई चिन्हित गरी फिर्ता पठाइयो।
मुख्यमन्त्रीले सोशल मीडिया पोस्टमा भने, असमकोक धरतीमा कुनै पनि परिस्थितिमा अवैध अनुप्रवेशकारीहरूलाई स्वीकार गरिनेछैन। उनले बताए, असम पलिसले सतर्कता तथा सक्रियताको साथमा यी अनुप्रवेशकारीहरूलाई चिन्हित गरी उनीहरूलाई भारतमा प्रवेश गर्नदेखि रोक्यो।
मुख्यमन्त्रीले भने, कानूनी रूपमा आउनेहरूको लागि असमको ढोका खुल्ला छ, तर अवैध रूपमा प्रवेश गर्नेहरूहरूलाई यही बाटो भएर फर्काइनेछ।
उनले भने, असमको भूमि, जनताका अधिकार औ सुरक्षाको हितमा अवैध घुसपैठ विरोधी अभियान लगातार जारी रहनेछ। मुख्यमन्त्रीले आफ्नो पोस्ट मार्फ सन्देश दिए—“नो कागज, नो इन्ट्री।” यद्यपि राज्यको कुन भागबाट घूसपैठीहरूलाई फर्काइयो अहिलेसम्म स्पष्ट भएको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा