मेघालयका वाहनहरूलाई गुवाहाटीमा प्रवेश गर्नदेखि रोकियो
मेघालयका वाहनहरूलाई गुवाहाटीमा प्रवेश गर्नदेखि रोकियो


गुवाहाटी, 20 अगस्त (हि.स.)। राजधानी शिलाङ्गमा खासी छात्र सङ्गठनद्वारा आयोजित बाइक ऱ्याली अवधि गए बुधवार असमका वाहनहरूलाई लक्षित गरिएको कारणले असम र मेघालयबीच विवाद तथा तनाउ बढ़ेको छ। यसले गर्दा मेघालयदेखि गुवाहाटी तर्फ आउने (खानापारादेखि जोराबाट सीमा) मेघालयका पञ्जीकृत वाहनहरूको प्रवेशलाई रोकिएको कारणले सर्वसाधारण मानिसहरू अतिरिक्त यात्रीहरूलाई ठूलो असुविधा भइरहेको छ।

मेघालयमा असमका वाहनहरूलाई लक्षित गर्दै तोड़फोड़ गरिएपछि असममा मेघालयका वाहनहरूको प्रवेशमाथि रोक लगाइएको छ। असमको परिवहन सङ्गठन तथा आम नागरिकहरूद्वारा प्रतिक्रियास्वरूप आज मेघालयका वाहनहरूलाी रोकिरहेको छ।

ज्ञात रहोस्, यस्घि पनि ट्याक्सी विवाद भएको थियो जतिेबेला मेघालयका केही सङ्गठन तथा ट्याक्सी यूनियनहरू जस्तै अल खासी मेघालय टूरिस्ट ट्याक्सी एसोसिएशन)- द्वारा असमका पर्यटक वाहनहरूलाई मेघालयका पर्यटन स्थलहरूमा जानदेखि रोक लगाइने नियम बनाइएको थियो। त्यसबेला पनि विरोधमा असमका मोटर परिवहन सङ्गठनहरू (मोटर परिवहन सेवकर्मी सम्मिलित मञ्च)- ले गुवाहाटी, जोराबाट औ खानापाराको छेउमा मेघालय नम्बरका वाहनहरूलाई रोकेको थियो।

मेघालयमा बितेको बुधवार भएको घटनापछि आज गुवाहाटीको खानपारा र जोराबाटमा वाहन चालक अनि वाहन मालिकहरूले मेघालयका वाहनहरूलाई असमा प्रवेश गर्न दिरहेको छैनन्। परिणामस्वरूप सीमावर्ती क्षेत्रहरूमा भारी तनाउ व्याप्त भएको छ। तथापि पुलिस बल दुवै राज्यमा तैनाथ भए पनि तनाउ कायम छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande