130 ग्राम संदिग्ध हेरोइनसितै आरोपी पक्राउ
130 ग्राम संदिग्ध हेरोइनसितै आरोपी पक्राउ


इम्फाल, 20 अगस्त (हि.स.)। मणिपुर पुलिसको विशेष कमाण्डो (सीडीओ/इण्फाल इस्ट) यूनिटले मादक पदार्थ तस्करी गरेको आरोपमा एकजना 28 वर्षीय व्यक्तिलाई पक्राउ गरेको छ। आरोपीको पहिचान इम्फाल इस्टको हट्टा सेन्ट्रल मस्जिद रोड निवासी मोहम्मद इलियास खानको रूपमा भएको छ।

पुलिस सूत्र अनुसार गए बुधवार पक्राउ गरिएको युवकबाट 10 वटा साबुनदानीमा लुकाएर राखिएको लगभग 130 ग्राम संदिग्ध हेरोइन जफत गरिएको छ। आरोपीले उक्त हेरोइनलाई तस्करी गरेर नागाल्याण्डको कोहिमा लैजाने तयारीमा रहेको आशङ्का छ। मामिलाको अग्रिम जाँच भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande