
दक्षिण 24 परगना, 24 अगस्त (हि. स.)। जिल्लाको बारुइपुर थाना अनन्तर्गत उत्तर टेङ्गरबेड़िया क्षेत्रमा भाजपा कार्यकर्ता बापी प्रामाणिक (45)- को मृत्युलाई लिएर व्यापक खैलाबैला मचिएको छ। परिवारको आरोप छ, बापीलाई षड़यन्त्र अन्तर्गत फोन गरी घर बाहिर बोलायो अनि धारिलो हतियारले प्रहार गरी उसको हत्या गरिदियो। तथापि पुलिस अनुसार घटना स्थानीय पूजाकमिटी गठनलाई लिएर दुई पक्षबीच भएको झड़पमा भएको हो।
पुलिसले बताए मुताविक पूजा कमिटी गठन गर्ने विषयमा दुई पक्षबीच भनाबैरी भयो अनि पछि यो बढ़्दै गएपछि कुटपिटसम्म पुग्यो। यस अवदि बापी सहित केही मानिसहरू घाइते भए। बापीको अवस्था गम्भीर भएकोले उसलाई अस्पताल लगियो, तर बाटोमै उसको मृत्यु भयो।
परिवारले दाबी गरेको छ, बामी लामो समयदेखिकै भाजपाका सक्रिय कार्यकर्ता थिए। भाजपामा सामेल भएकै कारणले उनलाई लगभग एक दशकसम्म घरदेखि बाहिर बस्न परेको थियो। परिवारले स्थानीय भाजपा नेताको नेतृत्वमा हमला भएको आरोप लगाएको छ। घटनामा तृणमूल कङ्ग्रेसको कथित समर्थन रहेको आऱोप पनि लगाइएको छ। तथापि यी आरोपहरूको स्वतन्त्र रूपमा पुष्टि भएको छैन।
घटनापछि क्षेत्रमा व्याप्त तनाउलाई मध्यनजर गर्दै अतिरिक्त पुलिस बललाई तैनाथ गरिएको छ। बारुइपुर पुलिस जिल्लाका अतिरिक्त पुलिस अधीक्षक अतिश विश्वासले सोमवार बताए, टेङ्गरबेड़िया क्षेत्रमा पूजा कमिटी गठनलाई लिएर दुई गुटमाझ कुटपिट भएको थियो। यसै अवधि बापी प्रामाणिक गम्भीर रूपमा घाइते भए अनि अस्पताल पुऱ्याउने क्रममा बाटोमै उसको मृत्यु भयो।
पुलिसले बतायो, परिवारको लिखित सिकायतको आधारमा जाँच शुरू गरिएको छ। घटनाको सिलसिलामा केही मानिसहरूलाई हिरासतमा लिएर जाँचबुझ गरिँदैछ भने अन्य संदिग्धहरूको खोजीमा छापामारी भइरहेको छ। स्थिति नियन्त्रणमा छ। कुनै पनि किसिमको अशान्तिलाई रोक्नको लागि निगरानी बढ़ाइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा